चन्द्रागिरिमा जग्गा विवाद हुँदा महिलाको हत्या, एक जना पक्राउ
बिहीबार, ०९ असोज २०८२, १३ : १०
सारांश
- काठमाडौंको चन्द्रागिरि नगरपालिकामा एक महिलाको हत्या भएको छ।
- ६८ वर्षीया पवित्रा केसीको हत्यामा संलग्न भएको आरोपमा एक जना पक्राउ परेका छन्।
- जग्गाको सीमा विवादमा कुटपिट गर्दा महिलाको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।
काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–१ स्थित दहचोकमा एक जना महिलाको हत्या भएको छ । चन्द्रागिरि नपा–६ चेकपोस्ट महादेवस्थान घर भएर खहरे थापागाउँमा माइतीघरमा बस्दै आएकी ६८ वर्षीया पवित्रा केसीको हत्या भएको हो ।
हत्यामा संलग्न आरोपमा दहचोक घर भएका ३२ वर्षीय सरोज थापालाई प्रहरीले पक्राउ गरेको छ । जग्गाको सिमानाबारे विवाद हुँदा बुधवार सरोजले चिर्पटले हिर्काएर महिलाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
महिलाको शव पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । घटनाबारे प्रहरी वृत्त थानकोटले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण