जनार्दनको प्रस्ताव : पदाधिकारीले आगामी महाधिवेशनमा निर्वाचनको प्रक्रियामा सामेल नहुने निर्णय गरौँ
सारांश
- माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले महाधिवेशनमा अध्यक्ष प्रचण्डसहित पदाधिकारी निर्वाचनमा सामेल नहुने प्रस्ताव गरे।
- शर्माले हालका पदाधिकारीले राजीनामा दिई नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने र निर्देशक कमिटी बनाउनुपर्ने बताए।
- उनले भ्रष्टाचार र नेतृत्व परिवर्तनका एजेन्डालाई सम्बोधन नगरे पार्टीको नवजीवन सुनिश्चित नहुने धारणा राखे।
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आसन्न महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित हालका पदाधिकारीले निर्वाचन प्रक्रियामा सामेल नहुने निर्णय अहिलेको केन्द्रीय समिति बैठकबाटै गर्न प्रस्ताव गरेका छन् ।
बिहीबार केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्दै उनले भने, 'बिसौँ,तिसौँ वर्ष एउटै पदमा रहँदै आएका अध्यक्ष कमरेड प्रचण्डसहित हामी सबै पदाधिकारीले एकसाथमा राजीनामा दिऊँ र आगामी महाधिवेशनमा निर्वाचनको प्रक्रियामा सामेल नहुने निर्णय यसै बैठकबाट गरौँ ।’
उनले महाधिवेशनसम्म हालका पदाधिकारीहरूले एक निर्देशक कमिटीको रूपमा काम गर्ने, अन्तरिम विधानमार्फत नयाँ पुस्तालाई सुदृढ बनाउन मद्दत गर्ने र निर्वाचित नेतृत्वलाई सघाउने संयन्त्र निर्माण गर्न पनि उनले प्रस्ताव गरे ।
शर्माले वर्तमान नेतृत्वले गर्ने अपिल जनताले अब नसुन्ने भएकाले नयाँ अनुहार अगाडि ल्याएर मात्र पार्टीले जनसमर्थन पुनः हासिल गर्न सक्ने बताए ।
साथै उनले अध्यक्ष प्रचण्डको योगदानलाई इतिहासले उच्च सम्मान गर्ने बताउँदै नयाँ पुस्ताप्रति विश्वास व्यक्त गरे ।
उनले जेनजी विद्रोहले उठाएका दुई प्रमुख एजेन्डा भ्रष्टाचारविरुद्ध सङ्घर्ष र नेतृत्व हस्तान्तरण/पुनर्गठनलाई सम्बोधन नगरेसम्म पार्टीको नवजीवन सुनिश्चित हुन नसक्ने बताए ।
उनले हालैको जेनजी आन्दोलनले देशमा भ्रष्टाचार, कमिसनतन्त्र, दलालतन्त्र, परिवारवाद र दशकौँसम्म एउटै नेतृत्व कायम रहँदा उत्पन्न भएको सङ्कटलाई मुखरित गरेको स्मरण गर्दै पार्टीले अब निर्णायक कदम चाल्नुपर्ने आवश्यकता औँल्याए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण