पदीय दुरुपयोग गरी अथाह सम्पत्ति कमाउनेमाथि छानबिन गर्न मानवअधिकार संगठनको माग
सारांश
- नेपाल मानवअधिकार सङ्गठनले शान्ति, सुशासन र मानव अधिकार संरक्षणको माग गरेको छ।
- सङ्गठनले जेनजी आन्दोलनमा भएको क्षतिमा सुरक्षा निकायको कमजोरी औंल्याएको छ र कारबाहीको माग गरेको छ।
- संगठनले भ्रष्टाचारमा संलग्न व्यक्ति र बिचौलियाहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोगको माग गरेको छ।
काठमाडौँ । नेपाल मानवअधिकार सङ्गठनले नेपालमा शान्ति, सुशासन, मानव अधिकार संरक्षण र कानुनी शासन स्थापनाको लागि वर्तमान सरकारसँग माग गरेको छ । अध्यक्ष इन्द्रप्रसाद अर्यालले बिहीबार विज्ञप्ति जारी गर्दै जेनजी आन्दोलनका क्रममा सार्वजनिक सम्पत्तिको व्यापक रूपमा तोडफोड आगजनीको कारण राज्यलाई व्यापक रूपमा क्षति हुनुमा नेपालको सुरक्षा निकायहरूले आफूले व्यावसायिक रूपले काम गर्न नसकेको ठहर गर्दै काम गर्न बाधा पुर्याउने पदाधिकारीमाथि छानबिन गरी कारबाही गर्न माग समेत गरेका छन् ।
क्षतिग्रस्त भौतिक संरचनाको पूर्वाधारहरू तुरुन्त पुनर्स्थापित गर्न आवश्यकता अनुसार पर्याप्त बजेटको व्यवस्था गर्न पनि सङ्गठनले माग गरेको छ । जेनजी आन्दोलनको उद्देश्य अहिलेको शासकीय परिवर्तन तथा विद्यमान रहेको भ्रष्टाचारको पूर्ण अन्त्य गर्नु रहेको पनि संगठनको भनाइ छ ।
सङ्गठनले राज्य संरचनाका विभिन्न पदमा बस्नेहरूको सहयोगमा अनुचित रूपमा राज्यका श्रोत साधन दुरुपयोग गरी अथाह सम्पत्ति प्राप्त गर्ने बिचौलियाहरूको सम्पत्ति समेत छानबिन गरी कारबाही गर्न तत्काल उच्चस्तरीय छानबिन आयोग गठन गरी कारबाहीको दायरामा ल्याउन समेत माग गरेको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण