धनगढीमा रोकिएको ट्रकसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
शुक्रबार, १० असोज २०८२, ०९ : ५७
सारांश
- कैलालीको धनगढीमा ट्रकसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
- दुर्घटना बिहीबार साँझ धनगढी उपमहानगरपालिका-७ जेपी चोकमा भएको थियो।
- मोटरसाइकलमा सवार दुवै जनाको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भयो।
कैलाली । धनगढीमा रोकिएको ट्रकसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। बिहीबार साँझ करिब सात बजेतिर धनगढी उपमहानगरपालिका–७ जेपी चौकमा दुर्घटना भएको हो।
सुदूरपश्चिम प्रदेश ०१–००१ क १६९० नम्बरको ट्रकमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको से ५ प ३४१४ नम्बरको मोटरसाइकल ट्रकको पछाडिको भागमा ठोक्कियो।
मोटरसाइकलमा सवार धनगढी उपमहानगरपालिका१२ का १९ वर्षका गणेश कुँवर र १८ वर्षका अनिस सिंह घाइते भएका थिए।
घाइते भएका उनीहरूलाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा लगिएकोमा राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राजकुमार सिंहले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण