काठमाडौँका सीडीओबारे पूर्व एआईजीको अमर्यादित टिप्पणी
सारांश
- पूर्व एआईजी दिवेश लोहनीले काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेललाई भ्रष्ट र आपराधिक मनोवृत्तिकाे व्यक्ति भनेर टिप्पणी गरेका छन्।
- लोहनीले काठमाडौँमा कार्यरत प्रहरी कर्मचारीहरूलाई पौडेलमाथि भर नपर्न र बचेर काम गर्न भनेका छन्।
- २०७५ मा साढे ३३ केजी सुन तस्करी छानबिन समितिमा पौडेल सदस्य थिए र लोहनीको पनि त्रुटि औंल्याइएको थियो, जसले गर्दा उनीहरूको सम्बन्ध चिसिएको थियो।
काठमाडौँ । काठमाडौँमा सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलबारे पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक दिवेश लोहनीले अमर्यादित टिप्पणी गरेका छन् । गृह मन्त्रीस्तरिय निर्णयबाट पौडेल असोज ८ मा काठमाडौँमा सरुवा भएका थिए । सामाजिक सञ्जाल ‘फेसबुक’मा पूर्वएआईजी लोहनीले पौडेललाई ‘भ्रष्ट र आपराधिक मनोवृत्ति भएको व्यक्ति’ भनेर टिप्पणी गरेका हुन् ।
प्रजीअको रुपमा पौडेलको अनुभव नभएको आरोप लगाउँदै काठमाडौँ कार्यरत प्रहरी कर्मचारीहरूलाई लोहनीले भनेका छन्, ‘भर नपर्नु, बचेर काम गर्नुहोला ।’
प्रजीअ पौडेल २०७५ मा साढे ३३ केजी सुन तस्करी छानबिन समितिको सदस्य थिए । समितिले करिब २ महिना १० दिन सम्म छानबिन गरेर सनम शाक्यको हत्या र चूडामणि उप्रेती ‘गोरे’को समूहले तस्करी गरेर ल्याएपछि लुटिएको सुनबारे प्रतिवेदन सरकारलाई बुझाएको थियो ।
प्रतिवेदनमा तत्कालीन एसएसपी दिवेश लोहनीको पनि त्रुटि औँल्याइएको थियो । तस्कर समूहले सुन ‘गायब’ बनाएको आरोपमा सनमको हत्या गरेको र त्यसपछि भएको प्रहरीको अपरेसनमा समितिले कमजोरी औँल्याएको थियो ।
लोहनी त्यतिबेला उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत थिए । अनुसन्धान कार्यालयबाट खटिएको टोलीले सनमको शव बरामद गरेर मोरङ प्रहरीमा बुझाएको थियो । प्रतिवेदनको आधारमा लोहनीविरुद्ध जिल्ला प्रहरी कार्यालय मोरङले अनुसन्धान गरेर प्रतिवादी बनाएको थियो । लोहनीले पछि सफाइ पाए । त्यस बेलादेखि पौडेल र लोहनीको सम्बन्ध चिसिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
-
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण