आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

जेनजी प्रदर्शनमा उच्छृङ्खल गतिविधि गर्ने ४३ जना काठमाडौँबाट पक्राउ

शुक्रबार, १० असोज २०८२, १३ : २७
शुक्रबार, १० असोज २०८२

सारांश

  • काठमाडौंमा जेनजी प्रदर्शनका क्रममा उच्छृङ्खल गतिविधिमा संलग्न ४३ जना पक्राउ परेका छन्।
  • पक्राउ परेका व्यक्तिहरूलाई आगजनी र आपराधिक उपद्रवको आरोपमा अनुसन्धान भइरहेको छ।
  • कालिमाटी, नयाँ बानेश्वर, कोटेश्वर, नरेफाँट र महाराजगन्जमा आगजनी र प्रहरी हत्याका घटनामा संलग्नहरू पक्राउ परेका छन्।

काठमाडौँ । जेनजी प्रदर्शनमा उच्छृङ्खल गतिविधि गर्नेहरूलाई प्रहरीले धमाधम पक्राउ गरिरहेको छ । भदौ २४ मा काठमाडौँ जिल्लाको प्रहरी युनिट र सवारी साधनमा आगजनी गरेको आरोपमा अहिलेसम्म ४३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आरोपीहरुविरुद्ध आपराधिक उपद्रव सम्बन्धी कसुरमा अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँकी डीएसपी पूर्णिमा चन्दले रातोपाटीलाई बताइन् ।

कालिमाटीस्थित प्रहरी वृत्तमा आगजनी गरेको आरोपमा काठमाडौँ महानगरपालिका वडा नम्बर–१३ घर भएका सचिन खड्का उर्फ गोल्डेन लाई प्रहरीले पक्राउ गरेको छ । नयाँ बानेश्वर, कोटेश्वर र नरेफाँटको प्रहरी युनिटहरूमा आगजनी गरेको आरोपमा ६ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रौतहट घर भएका १९ वर्षीय अंशुकुमार गुप्ता, सप्तरी घर भएका २८ वर्षीय देवराज राय ‘रवि’, सर्लाही घर भएका १८ वर्षीय मुकेश शाह ‘अजय’, धनुषा घर भएका १९ वर्षीय अजयकुमार शाह ‘हिरो’ र रौतहट घर भएका २४ वर्षीय लक्किबावु जैसवाल छन् । रौतहटको गरुडा घर भएका १८ वर्षीय मोटे भन्ने शैरव यादव पनि पक्राउ परेका छन् ।

प्रहरी वृत्त महाराजगन्जमा आगजनी गर्ने सिन्धुलीको घ्याङलेक गाउँपालिका वडा नम्बर–४ घर भएर धापासी बस्ने देवराज लामा पक्राउ परेका छन् । त्यस्तै, महाराजगन्जमा प्रहरीको हत्यामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । हत्यामा संलग्न आरोपमा पक्राउ पर्नेमा काभ्रे घर भएका युवराज क्यापछाकी र सिन्धुपाल्चोक घर भएका ओम पौडेल छन् ।

भदौ २४ मा असई मिलन राय र जवान उत्तम थापाको हत्या भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप