मेयर्स फोरमको निर्णय : सिंहदरबार पुनर्निर्माणका लागि ५ करोड सहयोग
सारांश
- काठमाडौं उपत्यका मेयर्स फोरमले जेनजी आन्दोलनमा क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि ६ करोड सहयोग गर्ने घोषणा गरेको छ।
- फोरमले सिंहदरबार भवन पुनर्निर्माणका लागि ५ करोड र सीसीटिभीका लागि १ करोड सहयोग गर्ने निर्णय गरेको हो।
- मेयर्स फोरमले आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीको निन्दा गर्दै अराजकताको विरोध गरेको छ।
काठमाडौँ । काठमाडौँ उपत्यका मेयर्स फोरमले जेनजी आन्दोलनको क्रममा क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र सुरक्षा व्यवस्था सुदृढ पार्नका लागि तत्काल ६ करोडको सहयोग घोषणा गरेको छ । आज ललितपुर महानगरपालिकामा मेयर्स फोरमले पत्रकार सम्मेलन गर्दै सहयोग घोषणा गरेको हो ।
हिजो गोदावरी नगरपालिकामा बसेको फोरमको १२ औँ बैठकले आन्दोलनले आगलागी भएको सिंहदरबार भवनको पुनर्निर्माण गर्न ५ करोड, सीसीटिभी प्रणाली व्यवस्थापन गर्न उपत्यका प्रहरी कार्यालयलाई १ करोड सहयोग गर्ने निर्णय गरेको थियो ।
तोडफोड र आगजनीका कारण क्षतिग्रस्त भएका उपत्यकाका अन्य नगरपालिकालाई समेत सेवा प्रवाहमा सहजीकरणका लागि क्षति विवरणका आधारमा थप सहयोग गर्ने फोरमका अध्यक्ष तथा ललितपुर महानगरपालिकाको प्रमुख चिरीबाबू महर्जनले बताए । तत्काल गरिने सहयोग मेयर्स फोरमको कोष भएको पैसाबाट गर्ने भएको हो ।
अराजकताको निन्दा र कारबाहीको माग
काठमाडौँ उपत्यका मेयर्स फोरमले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा भएको तोडफोड, आगजनीप्रति गम्भीर आपत्ति व्यक्त गर्दै घोर निन्दा गरेको छ । फोरमले आन्दोलनका नाममा सिंहदरबार, सर्वोच्च अदालत, महानगरपालिकाका भवन, सुरक्षा निकायका कार्यालय लगायतका संवेदनशील सार्वजनिक सम्पत्तिमाथि आक्रमण, तोडफोड र आगजनी भएकोमा कडा शब्दमा निन्दा गरेको हो ।
‘अराजक र तोडफोडको योजनाले नेपालको संविधान, लोकतन्त्रको संरक्षण र सुशासनयुक्त कार्यमा बाधा पुर्याई नेपालको अन्तर्राष्ट्रिय जगत्मा समेत बदनामी र बेइज्जत भइरहेको छ,’ पत्रकार सम्मेलनमा प्रमुख महर्जनले भने । उपत्यकाका १८ वटा नगरपालिकाका प्रमुख तथा उपप्रमुखको प्रतिनिधित्व सहित मेयर्स फोरम गठन भएको थियो ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण