उच्चस्तरीय जाँचबुझ आयोगले जेनजी प्रदर्शनमा खटिएका प्रहरीहरूसँग बयान लिँदै
सारांश
- उच्चस्तरीय जाँचबुझ आयोगले जेनजी प्रदर्शनमा भएको दमन र विध्वंसात्मक घटनाबारे काम सुरु गरेको छ।
- आयोगले पहिलो चरणमा भदौ २३ मा माइतीघर र नयाँ बानेश्वरमा खटिएका प्रहरी अधिकृतहरूसँग बयान लिने भएको छ।
- आयोगले गृह मन्त्रालय र निजी क्षेत्रबाट क्षतिको विवरण माग्ने निर्णय गरेको छ।
काठमाडौँ । गत भदौ २३ र २४ गते जेनजी प्रदर्शनमा भएको दमन र विध्वंसात्मक घटनाबारे उच्चस्तरीय जाँचबुझ आयोगले काम थालेको छ ।
बबरमहल स्थित जल तथा मौसम विज्ञान विभागमा कार्यालय स्थापना गरेर आयोगले काम सुरु गरेको हो । असोज ९ बाट काम थालिएको आयोगका सदस्य पूर्व एआईजी विज्ञानराज शर्माले रातोपाटीलाई बताए ।
आयोगले पहिलो चरणमा भदौ २३ मा माइतीघर र नयाँ बानेश्वरमा खटिएका प्रहरी अधिकृतहरूसँग बयान लिने भएको छ । प्रदर्शनमा हुलदङ्गा नियन्त्रण गर्न खटिएका प्रहरीको सूची मगाएर सोधपुछ गर्ने तयारी भइरहेको बताइएको छ ।
त्यस्तै आयोगले गृह मन्त्रालय मार्फत क्षतिको विवरण माग्ने निर्णय गरेको छ । उद्योग प्रतिष्ठान र निजी क्षेत्रको पनि क्षतिको विवरण माग गरिने आयोगका पदाधिकारीहरू बताउँछन् ।
आयोगको नेतृत्व विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीले गरेका छन् । आयोगको सदस्यमा पूर्व एआईजी विज्ञानराज शर्मा र कानुनविद् विन्देश्वरी भण्डारी सदस्य छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण