ललितपुरमा उच्छृङ्खल गतिविधिमा संलग्न २२ जनामाथि अनुसन्धान
काठमाडौँ । जेनजी प्रदर्शनमा ललितपुर जिल्लामा उच्छृङ्खल गतिविधि गर्ने २२ जनालाई प्रहरीले अनुसन्धानको दायरामा ल्याएको छ ।
प्रहरीका युनिटहरूमा आगजनी र तोडफोड गर्ने २२ जनालाई पक्राउ गरेर अनुसन्धान थालिएको ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले रातोपाटीलाई बताए ।
पक्राउ परेकाहरू विरुद्ध प्रहरीले आपराधिक उपद्रव, चोरी तथा सङ्गठित अपराध सम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
कुपण्डोल र हनुमानस्थान प्रभागमा तोडफोड र आगजनी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–२ घर भएकी २४ वर्षीया सृष्टि तामाङ र बैतडीको मेलौली घर भएर कुपण्डोल बस्ने २४ वर्षीय धिरेन्द्र चन्द छन् ।
प्रहरी प्रभाग इमाडोलमा आगजनी र तोडफोड गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेको पनौती नगरपालिका घर भएका २० वर्षीय राज कुमार तामाङ, धनकुटा घर भएका २२ वर्षीय गोकर्ण राई, रामेछापको मन्थली घर भएका २० वर्षीय कृष्णराज गिरी, उदयपुर घर भएका ३१ वर्षीय सुनिल कुमार बस्नेत, सोलुखुम्बु घर भएका २२ वर्षीय सरोज नेपाली र सिन्धुलीको भिमान घर भएका २१ वर्षीय नरेश तामाङ छन् ।
हरिसिद्धि स्थित प्रहरी प्रभागबाट पेस्तोल लुटेको आरोपमा ओखलढुङ्गा घर भएर गोदावरी नगरपालिका–१४ ठैब बस्ने दिपक राई पक्राउ परेका छन् ।
त्यस्तै ललितपुर महानगरपालिका–११ स्थित करणा शाक्यको घरमा गएर डकैती गर्ने १८ वर्षीय सेराज आलम, रौतहट घर भएका २८ वर्षीय मनिष सुनार, बारा घर भएका २१ वर्षीय साहाजात मिया र काभ्रेको रोशी घर भएका २५ वर्षीय फुर्साङ लामालाई प्रहरीले पक्राउ गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण