हल्लाबाजहरुलाई देश जिम्मा लगाएर विदेश भाग्दैनौँ : ओली
सारांश
- एमाले अध्यक्ष केपी शर्मा ओलीले हल्ला गर्नेहरूलाई देश छोड्न नसकिने बताए।
- ओलीले सरकारले विभिन्न हल्ला फैलाएको र पासपोर्ट रोक्ने भ्रम फैलाएको आरोप लगाए।
- उनले देशलाई सुशासन र शान्ति सुव्यवस्थामा ल्याउने प्रतिबद्धता व्यक्त गरे।
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हल्लाबाजहरुलाई देश छोड्न नसकिने स्पष्ट पारेका छन् ।
शनिबार भक्तपुरस्थित निवासमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले सरकारले विभिन्न प्रकारका हल्ला गरिरहेको बताए ।
पासपोर्ट रोक्ने भन्ने भ्रम फैल्याइएको भन्दै हाहाहुहुको सरकारलाई देश जिम्मा लगाइदिएर विदेश नभाग्ने स्पष्ट पारे ।
देश सबै नेपालीहरू मिलेर बनाउनुपर्ने भन्दै देशलाई संवैधानिक, लोकतान्त्रिक मूलधारमा ल्याएरै छोड्ने प्रतिबद्धता जनाए । देशलाई फेरि पनि सुशासन, शान्ति सुव्यवस्थामामा ल्याउने उद्घोष गरे । केपी ओलीको नयाँ घर भनेर लोकेट गरेर हमला गर्न जाऊँ भन्ने गरिएको भन्दै सरकार सुरक्षा दिनका लागि बसेको हो की होइन भन्दै प्रश्न गरे ।
उनले भने,‘म सुनिरहेको छु, अहिले सरकार विभिन्न प्रकारका हल्ला गरिरहेको छ । पासपोर्ट रोक्ने, के ठानेको छ ? यो हाहाहुहुको सरकारलाई देश जिम्मा लगाइदिएर हामी विदेश भाग्छौँ । के सोच्या छ ? हामीले यो देश बनाउनुपर्नेछ ।
फेरि पनि हामी यो देशलाई संवैधानिक, लोकतान्त्रिक मूलधारमा ल्याउँछौँ । देशलाई फेरि पनि सुशासनमा ल्याउँछौँ, शान्ति सुव्यवस्थामा ल्याउँछौँ । अहिले तपाईँहरूले हेर्नुभएको होला, सामाजिक सञ्जालमा केपी ओलीको नयाँ घर भनेर लोकेट गरेर यहाँबाट यति मिनेटमा पैदल पुगिन्छ, यति मिनेटमा गाडीमा पुगिन्छ, सबै हमला गर्न जाऔँ, घर तोकिएको छ, देखाइएको छ, सरकार के हेरेर बसेको छ । के गर्दैछ ?’
अध्यक्ष ओलीले सरकार यिनीहरूमाथि मुद्दा चलाउँछु, पासपोर्ट रोक्छु लगायतका कुराहरू गरेर धाक लगाइरहेको बताउनु भयो । सरकारका कर्तव्यहरू केही हुन्छन् की हुँदैनन् भन्दै प्रश्न गरे । सरकारमा हुनेहरूले सुरक्षा दिनुपर्छ की पर्दैन भन्दै प्रश्न गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
औनाही चम्किँदा मोरक्को क्वाटरफाइनलमा
-
औनाहीको व्यक्तिगत दोस्रो गोलसँगै मोरक्को क्यानडाविरुद्ध २-० ले अघि
-
५० औँ मिनेटमा अज्जेदिन औनाहीको गोल, क्यानडाविरुद्ध मोरक्को १-० ले अघि
-
१२ बजे १२ समाचार: नेतृत्व हस्तान्तरणमा अनिच्छादेखि मुख्यमन्त्री कार्यालयमा ‘कन्सल्टेन्ट मोह’सम्म
-
क्यानडा–मोरक्को भिडन्त: पहिलो हाफमै आधा दर्जन पहेँलो कार्डको वर्षा
-
पहिलो हाफमा क्यानडा र मोरक्कोले खोल्न सकेनन् खाता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण