गाउँपालिकाका कर्मचारीसहित दुई जना नदीमा हामफालेर बेपत्ता
शनिबार, ११ असोज २०८२, २० : ०८
अदानचुली (हुम्ला) । चङ्खेली गाउँपालिकामा नदीमा हामफालेर दुई जना बेपत्ता भएका छन् ।
आज बिहान सामाजिक सञ्जाल ‘फेसबुक’मा ‘स्टाटस’ लेख्दै बेपत्ता भएका चङ्खेली गाउँपालिका–४ का हंस बुढा र कर्मा बोहोराले आत्महत्या गर्ने उद्देश्यले नदीमा हामफालेको अनुमान गरिएको छ ।
प्रहरी सहायक निरीक्षक शङ्कर पोखरेलले थानीयले नदीमा गएको भन्ने खबर दिएको र हालसम्म अवस्था अज्ञात रहेको बताउनुभयो । जानकारी आएलगत्तै पिप्लाङ प्रहरी चौकीले खोजी सुरु गरे पनि भेटाउन नसकिएको उहाँले जानकारी दिए ।
बेपत्ता भएका बुढा गाउँपालिकाको शिक्षा शाखामा ‘कम्प्युटर अपरेटर’ रहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण