सुर्खेतको बिउरेनीमा गाडी दुर्घटना, १७ जना घाइते
सारांश
- सुर्खेतको बिउरेनी नजिकै ईभी गाडी दुर्घटना हुँदा १७ जना घाइते भएका छन्।
- घाइतेमध्ये एक जनाको अवस्था मध्यम रहेको छ भने अन्यको अवस्था सामान्य रहेको छ।
- दुर्घटनामा घाइतेहरुको उपचार भइरहेको छ र दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।
सुर्खेत । रत्न राजमार्ग अन्तर्गत सुर्खेतको बिउरेनी नजिकै भएको ईभी गाडी दुर्घटनामा परी १७ जना घाइते भएका छन्। जिल्ला ट्राफिक कार्यालय सुर्खेतका अनुसार, घाइतेमध्ये एक जनाको अवस्था मध्यम रहेको छ भने अन्यको अवस्था सामान्य रहेको छ।
आइतबार बिहान क.प्र.०२००१ ख ११२९ नम्बरको ईभी गाडी दुर्घटनामा घाइते हुनेहरूमा चालकसहित विभिन्न जिल्लाका यात्रुहरू रहेका छन्।
घाइतेमध्ये सुर्खेत बराहताल गाउँपालिका-४ का ३८ वर्षीय चालक हरि मल्लको कम्मरमा चोट लागेको र उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
अन्य घाइतेहरूको विवरण यस प्रकार छ:
जुम्ला चन्दननाथ नगरपालिका-१ का १८ वर्षीय दीपेन्द्र दमाई: देब्रे हातमा चोट, अवस्था सामान्य।
जुम्ला सिंजा गाउँपालिका-५ का २८ वर्षीय महेन्द्र शाही: बाहिरी चोटपटक नदेखिएको, अवस्था सामान्य।
सुर्खेत वीरेन्द्रनगर नगरपालिका-३ का ३८ वर्षीय लालबहादुर शाही: देब्रे गालामा चोट, अवस्था सामान्य।
सुर्खेत वीरेन्द्रनगर नगरपालिका-३ की २७ वर्षीया लक्ष्मी कठायत: बाहिरी चोटपटक नदेखिएको, अवस्था सामान्य।
सुर्खेत वीरेन्द्रनगर नगरपालिका-११ का ३८ वर्षीय नरेश शाही: नाकमा चोट, अवस्था सामान्य।
सुर्खेत लेकबेशी नगरपालिका-६ का ३५ वर्षीय पर्शुराम घर्ती मगर: देब्रे कुममा चोट, अवस्था सामान्य।
दैलेख दुल्लु नगरपालिका-६ का २३ वर्षीय शम्शेर खड्का: बाहिरी चोटपटक नदेखिएको, अवस्था सामान्य।
देउती नर्सिङ होम अस्पताल सुर्खेतमा उपचार भइरहेका घाइतेहरू:
दैलेख दुल्लु नगरपालिका-११ का ३० वर्षीय लक्ष्मण कार्की: टाउकोमा चोट, अवस्था सामान्य।
जुम्ला सिंजा गाउँपालिका-३ की २४ वर्षीया राज्य लक्ष्मी हमाल: दुबै हातखुट्टामा सामान्य चोट।
दैलेख दुल्लु नगरपालिका-१० का २६ वर्षीय गणेश योगी: दुबै हातमा चोट, अवस्था सामान्य।
कालिकोट पचाल झरना गाउँपालिका-३ का २२ वर्षीय रोशन बि.क.: घाँटीमा चोट, अवस्था सामान्य।
जुम्ला सिंजा गाउँपालिका-४ का २२ वर्षीय ऐन रोकाय: छातीमा चोट, अवस्था सामान्य।
जुम्ला सिंजा गाउँपालिका-१ की १६ वर्षीया रक्षा धिताल: दुबै हातमा चोट, अवस्था सामान्य।
जुम्ला सिंजा गाउँपालिका-५ की २२ वर्षीया बिष्णु शाही: टाउको, हात र खुट्टामा चोट, अवस्था सामान्य।
मुगु सोरु गाउँपालिका-९ का ३२ वर्षीय दिनेश शाही: छाती र टाउकोमा चोट, अवस्था सामान्य।
जुम्ला चन्दननाथ गाउँपालिका-१ का २१ वर्षीय श्री परियार: कम्मर र हातमा चोट, अवस्था सामान्य।
घाइतेहरूको उपचार विभिन्न अस्पतालमा भइरहेको र उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको थप अनुसन्धान भइरहेको जिल्ला ट्राफिक कार्यालय सुर्खेतले जानकारी दिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भुटानी ब्याटरलाई ‘टाइम–आउट’ आउट गराएको घटनामा नेपाल क्रिकेट सङ्घले माग्यो माफी
-
युद्धविराम घोषणाको केही घण्टामै इजरायल र हिजबुल्लाहबिच हानाहान
-
फिफाको आचारसंहिता अन्तिम समयमा फेरबदल : रङ्गशालाभित्र पानीका बोतल लैजान नपाइने
-
युद्धबिच राष्ट्रिय एकताको आह्वान गर्दै इरानका सर्वाेच्च नेताको सन्देश
-
रवि लामिछानेका सामु भारतीय प्रधानमन्त्री मोदीले दोहोर्याए १२ वर्ष पुरानो कुरा
-
फिल्म अभिनयमा डेब्यु गर्दै गायक पशुपति शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण