गण्डकीका मुख्यमन्त्रीको निवासमा फेरि आगजनी
आइतबार, १२ असोज २०८२, १६ : ०३
सारांश
- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सरकारी निवासमा अज्ञात व्यक्तिहरूले आगजनी गरे।
- आगजनीका कारण मुख्यमन्त्री निवासमा रहेका कागजात जलेर नष्ट भए।
- यसअघि पनि भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा निवासमा तोडफोड र आगजनी भएको थियो।
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सरकारी निवासमा पुनः आगजनी भएको छ । गएराति साढे २ अज्ञात व्यक्तिहरूले निवासमा आगो लगाएका हुन् ।
उक्त भवनमा भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा पनि तोडफोड र आगजनी भएको थियो ।
मुख्यमन्त्री पाण्डेले आगजनीका कारण बाँकी भएका कागजात जलेर नष्ट भएको बताए । `गेट लगाइएको थियो । पर्खाल चढेर लगाएको हुन सक्छ,´ उनले भने, `केही कागजात बाँकी थिए, सबै जलेछन् ।´
निवास जलेपछि उनी हाल प्रमुख सचिवको निवासमा बस्दै आएका छन् ।
जेनजी प्रदर्शनका क्रममा गण्डकी प्रदेश मातहतका ४८ भवनमा आगजनी र तोडफोड भएको छ । तीमध्ये १३ भवन बस्नै नमिल्ने गरी नष्ट भएको छ भने १६ भवन तत्काल बस्न नमिल्ने खालको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण