कुशे गाउँपालिका अध्यक्ष बस्नेतमाथि आक्रमण प्रयास, दुई युवा घाइते
आइतबार, १२ असोज २०८२, २१ : ३९
सारांश
- जाजरकोटको कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतमाथि आक्रमणको प्रयास भएको छ।
- आक्रमणबाट जोगाउन खोज्दा अध्यक्षसँग रहेका दुई युवा घाइते भएका छन्।
- घाइते हुनेमा कुशे-४ का नवराज शाही र कुशे-७ का दीपेन्द्र सिंह रहेका छन्।
सुर्खेत। जाजरकोटको कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतमाथि आक्रमणको प्रयास भएको छ । आइतबार बेलुकी कुशेबाट सुर्खेत आउँदै गर्दा जाजरकोटको छेडागाड नगरपालिकाको चँखिलामा आक्रमणको प्रयास भएको प्रहरीले जनाएको छ ।
आक्रमणकारीबाट जोगाउन खोज्दा अध्यक्ष बस्नेतसँग रहेको दुई युवा घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए ।
घाइते हुनेमा कुशे–४ का नवराज शाही र कुशे–७ का दीपेन्द्र सिंह रहेका छन् । धारिलो हतियार प्रयोग गरेकाले टाउको र हातमा चोट लागेको शर्माले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण