दुई इजरायली बन्धकको खोजीमा हमासद्वारा अस्थायी युद्धविरामको आग्रह
सारांश
- हमासले इजरायली सेनालाई अस्थायी रूपमा आक्रमण रोक्न आग्रह गरेको छ, जसले दुई बन्धकको उद्धार प्रयासलाई सहज बनाउने जनाएको छ।
- इजरायली सेनाले गाजा सहरमा आक्रमण जारी राखेको छ, जसका कारण दक्षिणी गाजाका दुई छिमेकसँगको सम्पर्क टुटेको छ।
- इजरायली प्रधानमन्त्री नेतन्याहुले संयुक्त राष्ट्र महासभामा हमासविरुद्धको कारबाही जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
गाजा सिटी । हमासको सशस्त्र शाखा इजिदिन अल–कसम ब्रिगेडले आइतबार इजरायली सेनालाई अस्थायी रूपमा आक्रमण रोक्न आग्रह गरेको छ ।
सङ्गठनले गाजा सहरको भागबाट इजरायली सेना पछि हटे मात्र दुई इजरायली बन्धकलाई पत्ता लगाउने उद्धार प्रयास गर्न सकिने जनाएको छ ।
सङ्गठनको विज्ञप्तिमा भनिएको छ, “दुई कैदीको जीवन वास्तविक खतरामा छ । सेनाहरू तुरुन्तै सडक ८ को दक्षिणतर्फ फिर्ता जानुपर्छ र आज साँझ ६ बजेदेखि २४ घण्टाका लागि हवाई आक्रमण रोक्नुपर्छ, जसले उद्धार प्रयासलाई सहज बनाउनेछ ।”
यसअघि हमासले इजरायली सैन्य कारबाहीका कारण दक्षिणी गाजाको दुई छिमेकसँग सम्पर्क टुटेको जनाएको थियो । त्यहाँ हाल इजरायली सेनाले हवाई र स्थल आक्रमण तीव्र पारेको छ ।
अघिल्ला समयमा पनि हमासले एक इजरायली–अमेरिकी बन्धकसँग सम्पर्क गुमाएको घोषणा गरेको थियो । त्यसपछि केही दिनमै ती व्यक्तिलाई रिहा गरिएको थियो ।
गाजा सहरमा आक्रमण सुरु गरेयता इजरायली सेनाले बारम्बार स्थानीयवासीलाई दक्षिणतिर सार्न आदेश दिएको छ ।
यसैबिच, संयुक्त राष्ट्र महासभामा बोल्दै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले कडा अन्तर्राष्ट्रिय आलोचनाबीच पनि ‘हमासविरुद्ध काम समाप्त गर्ने’ प्रतिज्ञा दोहोर्याउनुभएको छ ।
गाजा युद्ध सन् २०२३ अक्टोबर ७ मा हमासद्वारा इजरायलमा गरिएको आक्रमणपछि सुरु भएको हो । सो आक्रमणमा एक हजार २१९ इजरायलीको मृत्यु भएको थियो, जसमा अधिकांश सर्वसाधारण थिए । त्यसक्रममा अपहरण गरिएका २५१ जनामध्ये ४७ जना अझै गाजामा छन्, जसमा २५ जनाको मृत्यु भएको इजरायली सेनाले जनाएको छ ।
उता, हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार इजरायली आक्रमणमा हालसम्म कम्तीमा ६६ हजार पाँच जना मारिएका छन् । मृतकमध्ये अधिकांश सर्वसाधारण रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तरवार्ताको बिचमै रिसाएर किन हिँडे ट्रम्प ?
-
नेपालगञ्ज उपमहानगरपालिकाद्वारा विद्यालयहरूमा गर्मी बिदा
-
रास्वपा अर्घाखाँचीकाे सभापतिमा सीता पराजुली निर्वाचित
-
फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द
-
अन्तर व्यवस्थापिका मञ्चमा स्थानीय तहलाई उपेक्षा, पालिकाहरू रुष्ट
-
प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे प्रष्टीकरण नदिएसम्म सदन अगाडि बढ्न सक्दैन : कांग्रेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण