ललितपुरका एसएसपी फेरिए, होविन्द्र बोगटीलाई जिम्मेवारी
आइतबार, १२ असोज २०८२, २२ : ५२
सारांश
- ललितपुरमा जेनजी प्रदर्शनपछि एसएसपी श्यामकृष्ण अधिकारीको सरुवा भएको छ।
- गृह मन्त्रालयले एसएसपी होविन्द्र बोगटीलाई ललितपुर पठाएको छ।
- यसअघि काठमाडौँका एसएसपी र प्रमुख जिल्ला अधिकारीलाई पनि परिवर्तन गरिएको थियो।
काठमाडौँ। जेनजी प्रदर्शनपछि जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी फेरिएका छन् । ललितपुरमा एसएसपी होविन्द्र बोगटीलाई पठाइएको छ ।
ललितपुरमा कार्यरत श्यामकृष्ण अधिकारीलाई प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको गृह मन्त्रालयका एक जना अधिकृतले रातोपाटीलाई बताए । जेनजी प्रदर्शनको क्रममा ललितपुरका प्रहरी युनिटहरुमा प्रदर्शनकारीले आगजनी र लुटपाट गरेका थिए । यसअघि गृह मन्त्रालयले काठमाडौँका एसएसपी र काठमाडौँका प्रमुख जिल्ला अधिकारीलाई पनि परिवर्तन गर्ने निर्णय गरेको थियो ।
त्यस्तै, एसएसपी शिव श्रेष्ठलाई केन्द्रीय अनुसन्धान ब्यूरोमा सरुवा गरिएको छ । श्रेष्ठ धरान स्थित नेपाल प्रहरी प्रदेश कार्यालयमा कार्यरत थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण