कोसी सडक एक महिनादेखि अवरुद्ध
सङ्खुवासभा । उत्तर–दक्षिण कोसी सडकअन्तर्गत सङ्खुवासभाको खाँदबारी–किमाथाङ्का सडकखण्ड भदौ १५ गतेको भीषण पहिरोका कारण एक महिनादेखि पूर्ण रूपमा अवरुद्ध भएको छ । मकालु गाउँपालिका–३ अल्फटे क्षेत्रमा आएको पहिरोले करिब २०० मिटर सडक बगाएपछि आवागमन ठप्प भएको हो ।
सडक अवरुद्ध हुँदा यातायातसँगै आसपासका गाउँबस्तीका स्थानीयको जनजीवन प्रभावित भएको छ । पहिरोका कारण सडक मात्र नभई निजी जग्गा, खेतबारी, बालीनाली र बोटबिरुवामा क्षति पुगेको स्थानीयले बताएका छन् ।
सडक योजना कार्यालयका प्रमुख रामबहादुर गुरुङका अनुसार भू–स्खलन प्रभावित क्षेत्रमा माटो दलदले भएको र भारी मेसिन परिचालन गर्न कठिन भएकाले तत्काल सडक सञ्चालन सम्भव छैन । नदीको बहाव अझै नघटेको र मौसम अनुकूल बनेलगत्तै मर्मत कार्य सुरु गर्ने तयारी भएको गुरुङले बताए ।
जिल्ला प्रशासन कार्यालय, भोटखोला र मकालु गाउँपालिकाका जनप्रतिनिधि तथा सरोकारवालाबीच निरन्तर समन्वय भइरहेको छ । तर, सडक खुल्न ढिलाइ हुँदा खाद्यान्न र दैनिक उपभोग्य वस्तुको आपूर्तिसमेत रोकिएपछि स्थानीय थप समस्यामा परेका छन् । भोटखोलाका अध्यक्ष वाङ्छेदर भोटेका अनुसार यात्रुहरूले वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने बाध्यता छ । सडक बन्द भएपछि जनजीवन निकै कष्टकर भएको अध्यक्ष भोटेले बताए ।
उत्तर–दक्षिण कोसी सडक पूर्वी नेपाललाई चीनसँग जोड्ने महत्वपूर्ण रणनीतिक मार्ग भएकाले सडक अवरोधका कारण स्थानीय मात्र नभई राष्ट्रियस्तरमै चुनौती थपिएको सरोकारवालाले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण