बझाङमा करेन्ट लागेर १३ वर्षीय बालकको मृत्यु
धनगढी । बझाङको मष्टा गाउँपालिका ५, किनाडामा करेन्ट लागेर एक बालकको घटनास्थलमै मृत्यु भएको छ ।
स्थानीय राम बहादुर आग्रीका १३ वर्षीय छोरा सुरेश आग्रीको सोमबार बिहान ११ बजेतिर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार, सुरेश घर नजिकैको जङ्गलमा गोरु चराउन गएका थिए । सोही क्रममा हिजो राति आएको हावाहुरीले चुँडाएर भुइँमा लत्रिएको राष्ट्रिय प्रसारण लाइनको तारमा छुन पुग्दा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे स्थानीय धर्मराज बोहराले प्रहरीलाई जानकारी गराएका थिए । खबर पाउनासाथ अस्थायी प्रहरी पोष्ट धमेनाबाट प्रहरी वरिष्ठ हवल्दार अर्जुन धामीको कमाण्डमा ३ जनाको टोली घटनास्थलमा खटिएको थियो ।
थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बझाङबाट प्रहरी निरीक्षक लोकेन्द्र सिंह ठगुन्नाको नेतृत्वमा घटनास्थल अनुसन्धान टोलीसमेत घटनास्थलतर्फ पठाइएको छ ।
घटनास्थल अस्थायी प्रहरी पोष्ट धमेनाबाट करिब एक घण्टाको पैदल दूरीमा पश्चिममा पर्दछ । प्रहरीले घटनास्थलमा पुगेर कानुनी प्रक्रिया सुरु गरिसकेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण