‘हातमा’ एप सार्वजनिक
मङ्गलबार, १४ असोज २०८२, २१ : २६
काठमाडौं । इन्टरफेस नेपाल नेटवर्कले नयाँ न्युज एप ‘हातमा’ सार्वजनिक गरेको छ । यसमार्फत नेपाली र अंग्रेजी दुवै भाषामा आधिकारिक सञ्चारगृह तथा सञ्चारमाध्यमका समाचार एउटै प्लेटफर्ममा प्राप्त गर्न सकिने जनाइएको छ ।
न्युज क्युरेटरको रुपमा प्रस्तुत गरिएको यो एपमा एआई र ह्युमन इन्टेलिजेन्सको संयोजनबाट समाचार संक्षेप र विस्तृत दुबै रुपमा पढ्न, सुन्न र हेर्न सकिन्छ । जसमा अहिले सम्म चार दर्जनभन्दा बढी सञ्चारगृह यसमा जोडिएका छन् ।
गोरखापत्रदेखि नयाँ डिजिटल मिडियासम्मका समाचार एकै ठाउँमा उपलब्ध गराउने यस एपले प्रयोगकर्तालाई भ्रामक सूचना भन्दा बचाउने तथा सकारात्मक समाचारलाई प्राथमिकता दिने जनाएको छ । ‘हातमा’ एप एन्ड्रोइड र आईओएस दुवै संस्करणमा डाउनलोड गर्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेश सभाको पन्ध्रौँ बैठक आज, चार मन्त्रालयको बजेटमाथि छलफल
-
यो वर्ष पनि दुईवटा अटो शो : नाडा र नाइमाको छुट्टाछुट्टै तयारी
-
देउवा पुत्र जयवीरलाई ७ दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरणको सूचना
-
बजेट विवाद: मन्त्रीबाट मन्त्रीकै हुर्मत, विपक्षीको प्रशंसा
-
बेल्जियमको शानदार जित, अमेरिकालाई ४–१ ले हराउँदै क्वार्टरफाइनलमा प्रवेश
-
दुर्गा प्रसाईंको आरोप– ‘सिंहदरबारको सिस्टम सरकारले नै बिगार्यो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण