माटोको ढिस्को खस्दा चार जना गम्भीर घाइते
सारांश
- सर्लाहीको हरिपुर्वामा माटो खन्ने क्रममा ढिस्को खस्दा ४ जना गम्भीर घाइते भए।
- घाइते हुनेहरुमा ६५ वर्षीया सायदा खातुन, ६ वर्षीया सविवा खातुन, ८ वर्षीय डिल्लु मन्सुर र ९ वर्षीया नर्गिस खातुन छन्।
- प्रहरीले घाइतेको उद्धार गरी उपचारका लागि अस्पताल पठाएको छ, र घटनाको थप अनुसन्धान भइरहेको छ।
सर्लाही । सर्लाहीको हरिपुर्वा नगरपालिका-१, हर्दी नदीस्थित एक स्थानमा माटो खन्ने क्रममा ढिस्को खस्दा चार जना गम्भीर घाइते भएका छन्।
बुधबार बिहान करिब ९:२० बजेतिर भएको उक्त घटनामा महोत्तरीको सोनमा गाउँपालिका-६, मगरथानाका चार जना घाइते भएका हुन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार, खुर्पाले माटो खनिरहेका बेला अचानक माटोको ढिस्को खस्दा उनीहरू ढिस्कोले पुरी गम्भीर घाइते भएका थिए। घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी हरिपुर्वाबाट प्रहरी सहायक निरीक्षकको कमान्डमा एक टोली घटनास्थलतर्फ खटिएको थियो।
प्रहरी टोलीले घाइतेहरूलाई उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल मलंगवातर्फ पठाएको छ। घाइते हुनेहरूमा ६५ वर्षीया सायदा खातुन, ६ वर्षीया सविवा खातुन, ८ वर्षीय डिल्लु मन्सुर र ९ वर्षीया नर्गिस खातुन रहेका छन्। उनीहरूको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
घटनास्थल प्रहरी चौकी हरिपुर्वाबाट करिब २.५ किलोमिटर पूर्व पर्छ। घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी निरीक्षक बालिस्टर सिंहको कमान्डमा ११ जनाको टोली पनि खटिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
औद्योगिक क्षेत्रको बक्यौता नतिर्नेमाथि कठोर कदम: सात दिनभित्र भुक्तानी नगरे सञ्चालक नै पक्राउ पर्ने
-
सरकारद्वारा जिल्ला भूमि समस्या समाधान समिति गठन, प्रमुख जिल्ला अधिकारीलाई अध्यक्षको जिम्मेवारी
-
यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ
-
टोखाबाट खैरो हिरोइनसहित एक जना पक्राउ
-
सुदूरपश्चिम प्रदेशमा यस्तो बन्यो पुनर्गठित मन्त्रिपरिषद् (सूचीसहित)
-
रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण