धनगढीमा विजयादशमीको दिन निःशुल्क बस सेवा सञ्चालन हुने
सारांश
- नवजीवन अस्पतालले विजयादशमीको दिन धनगढी उपमहानगरपालिकासँगको समन्वयमा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ।
- अस्पतालले धनगढी, फूलबारी र अत्तरियासम्म निःशुल्क बस सेवा सञ्चालन गर्ने जानकारी दिएको छ।
- सार्वजनिक यातायातको अभावमा सर्वसाधारणलाई आवतजावतमा सहजताका लागि यो सेवा सञ्चालन गर्न लागिएको हो।
धनगढी । धनगढी उपमहानगरपालिकाको समन्वयमा नवजीवन अस्पताल प्रा.लि.ले विजयादशमीको दिन निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ ।
अस्पतालले एक सूचना जारी गर्दै धनगढी, फूलबारी र अत्तरियासम्म निःशुल्क बस सेवा सञ्चालन गर्ने जानकारी दिएको हो ।
सार्वजनिक यातायातको अभावमा सर्वसाधारणलाई आवतजावतमा सहज होस् भन्ने उद्देश्यले यो सेवा सञ्चालन गर्न लागिएको नवजीवन अस्पतालले जनाएको छ ।
निःशुल्क बस सेवाको समय तालिका यस प्रकार रहेको छ-
बिहान ९:०० बजे: धनगढी चौराहादेखि फूलबारीसम्म
बिहान १०:०० बजे: फूलबारीदेखि धनगढी चौराहासम्म
बिहान ११:०० बजे: धनगढी चौराहादेखि अत्तरियासम्म
बिहान १२:०० बजे: अत्तरियादेखि धनगढी चौराहासम्म
दिउँसो १२:४५ बजे: धनगढी चौराहादेखि फूलबारीसम्म
दिउँसो १:३० बजे: फूलबारीदेखि धनगढी चौराहासम्म
दिउँसो २:१५ बजे: धनगढी चौराहादेखि अत्तरियासम्म
दिउँसो ३:०० बजे: अत्तरियादेखि धनगढीसम्म
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण