भारतले बढायो गहुँको न्यूनतम समर्थन मूल्य
नयाँ दिल्ली । भारतको केन्द्र सरकारले गहुँको न्यूनतम समर्थन मूल्य (एमएसपी) प्रति क्विन्टल १६० रुपैयाँले बढाएको छ ।
केन्द्र सरकारको मन्त्रिपरिषद्ले यो निर्णय गरेको हो । केन्द्रीय मन्त्री अश्विनी वैष्णवले यो जानकारी दिएको भन्दै समाचार एजेन्सी पीटीआईले समाचार छापेको छ । यसअघि गहुँको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल २ हजार ४२५ रुपैयाँ थियो । पछिल्लो वृद्धिसँगै यो बढेर प्रति क्विन्टल २,५८५ रुपैयाँ पुगेको छ ।
पीटीआईका अनुसार केन्द्रीय मन्त्रिपरिषद्ले केन्द्रीय सरकारका कर्मचारीहरूको लागि महँगी भत्ता पनि ३ प्रतिशतले बढाउने निर्णयलाई अनुमोदन गरेको छ ।
यसले केन्द्रीय सरकार अन्तर्गत काम गर्ने लगभग ४९ लाख २० हजार कर्मचारी र ६८ लाख ७० हजार पेन्सनधारकहरूलाई लाभान्वित हुनेछन् । यसका साथै, केन्द्रीय सरकारले बुधबार ५७ नयाँ केन्द्रीय विद्यालयहरू खोल्ने निर्णय पनि गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण