दसैँमा घर फर्कनेको संख्या घट्यो, किन डराए यात्रु ?
सारांश
- यस वर्ष काठमाडौं उपत्यका छाड्ने मानिसको संख्या घटेको छ, जसले चाडपर्वको उत्साह कम देखाएको छ।
- सडकको दुरवस्था, मनसुनको प्रभाव, र सिट तथा टिकटको अभावका कारण यात्रुहरूले यात्रा गर्न कठिनाइ महसुस गरे।
- यातायातविज्ञका अनुसार, सडक सुरक्षामा लगानी, सार्वजनिक यातायात सुधार, र थप बस व्यवस्थापन आवश्यक छ।
काठमाडौँ । यस वर्षको दसैँमा काठमाडौं उपत्यका छाड्नेको संख्यामा उल्लेख्य कमी आएको छ, जसले गर्दा चाडपर्वको उत्साहमा केही कमी देखिएको छ ।
घटस्थापनादेखि नवौं दिनसम्म ६ लाख ११ हजार जनाले मात्र काठमाडौँ छाडेका छन्, जुन गत वर्षको तुलनामा कम हो । यसका पछाडि विभिन्न कारणहरू रहेका यातायातविज्ञ आशीष गजुरेलले औंल्याएका छन् ।
यात्रामा डर र अव्यवस्थाका कारणहरूः
सडकको दुरवस्थाः दसैँको मुखमा मुग्लिन-नारायणगढ खण्डमा गएको पहिरोले ५४ घण्टाभन्दा बढी यात्रुहरू अलपत्र पर्नु परेको घटनाले धेरैमा यात्राको डर बढाएको छ । यस खण्डमा लगातार पहिरो जाने क्रम जारी रहँदा यात्रा जोखिमपूर्ण बनेको छ ।
मनसुनको प्रभावः मनसुनकै समयमा दसैँ परेकाले सडकहरू चिप्लो र हिलाम्मे हुनुका साथै पहिरोको जोखिम बढेकोले यात्रा झनै कठिन भएको छ ।
सिट र टिकटको अभावः दसैँमा अत्यधिक माग हुने भए पनि सोही अनुसार सिट र टिकट उपलब्ध नहुँदा धेरैले यात्रा गर्न चाहेनन् वा अव्यवस्थित यात्रा गर्न हिचकिचाए ।
जेनजीको आन्दोलनः गत वर्षको तुलनामा यस वर्ष जेनजी आन्दोलनको प्रभावले पनि मानिसहरूमा दसैँको खासै उत्साह नदेखिएको गजुरेलको भनाइ छ ।
ग्रामीण क्षेत्रमा दसैँको रौनक कमः अव्यवस्थित यात्राका कारण गाउँमा दसैँ खासै दसैँ जस्तो नभएको गुनासो यात्रुहरूको छ ।
अब के गर्ने ?
यातायातविज्ञ गजुरेलले यस समस्या समाधानका लागि केही बुँदागत सुझावहरू दिएका छन्ः
सडक सुरक्षामा लगानीः अब भएका सडकहरूको अध्ययन गरी सुरक्षित बनाउन लगानी गर्नुपर्छ । सडकको स्तरोन्नति र मर्मतसम्भारमा विशेष ध्यान दिनुपर्छ ।
सार्वजनिक यातायात सुधारः सार्वजनिक यातायातको सेवालाई सुदृढ र व्यवस्थित बनाउनुपर्छ । यसमा सरकारले प्राथमिकता दिनुपर्छ ।
थप बस व्यवस्थापनः दसैँको माग पूरा गर्न थप बसहरूको व्यवस्थापन गर्नुपर्छ । यसका लागि विद्यालय तथा कलेजका बसहरूलाई दसैँको समयमा प्रयोग गर्न सकिने सम्भावनाबारे अध्ययन गर्नुपर्छ ।
यातायात व्यवस्थापनमा जोडः धेरै वा चौडा सडक बनाउने सोचभन्दा व्यवस्थित यात्राको व्यवस्थापन गर्नेु सोचमा परिवर्तन ल्याउनुपर्छ । सडक निर्माण यातायात व्यवस्थापनको एउटा पाटो मात्र हो भन्ने बुझ्नुपर्छ ।
नयाँ सरकारको भूमिकाः नयाँ सरकारले सडक निर्माणमा मात्र नभई समग्र यातायात व्यवस्थापनमा ध्यान दिनुपर्छ । यातायात व्यवस्थापनको जिम्मेवारी आफ्नो हो भन्ने कुरा सरकारले बुझ्न आवश्यक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण