कोभिडविरुद्धको खोपले ६ खालको क्यान्सरको जोखिम बढाउन सक्ने
काठमाडौँ । कोभिड–१९ को महामारीले विश्वभर तान्डव मच्चाउँदा वैज्ञानिकहरूले केही वर्षमै यस विरुद्धको खोप विकास गरे ।
महामारीको समयमा, जटिलता, अस्पताल भर्ना दर र मृत्युलाई रोक्न खोपलाई अत्यधिक प्रभावकारी मानिएको थियो । विश्वभरका अर्बौं मानिसहरूलाई एमआरएनए र कोभिड विरुद्धका अन्य खोपहरू दिइयो । धेरैले दुई डोजपछि बुस्टर डोज पनि पाए । तर खोपले पछि धेरै विवादहरू निम्त्यायो । हालैका वर्षमा हृदयघातको मामिला बढेको घटनाहरू पनि यो खोपलाई जोडिएको थियो ।
अन्य रोगहरूसँग पनि यसको लिङ्कहरू देखा परे । अब, दक्षिण कोरियाली वैज्ञानिकहरूले कोभिड खोपबारे स्तब्ध पार्ने दाबी गरेका छन् । कोभिडविरुद्ध खोप लगाउने व्यक्तिहरूमा छ प्रकारको क्यान्सरको जोखिम बढेको अनुसन्धानकर्ताहरूले दाबी गरेका छन् ।
डेली मेलको समाचारअनुसार कोरियाली अनुसन्धानकर्ताहरूले २०२१ देखि २०२३ सम्मको तथ्याङ्कको आधारमा यो अध्ययन गरेका थिए । यस अध्ययनमा उनीहरूले ८४ लाख वयस्कहरूको स्वास्थ्य रेकर्डको विश्लेषण गरेका थिए । अध्ययनले सहभागीहरूलाई दुई समूहमा विभाजन गरेको थियो । एउटा समूहमा कोभिडविरुद्ध खोप लिनेहरू समावेश थिए भने अर्काे समूहमा नलगाउनेहरू समावेश थिए ।
त्यसपछि अध्ययनले खोप लगाइएका र खोप नलगाइएका व्यक्तिहरूमा एक वर्ष भित्र निदान गरिएका क्यान्सरका प्रकारहरूको जाँच गर्यो । अध्ययनमा एमआरएनए र कोभिडको डीएनए हालेर बनाइएका दुवै खोपहरू समावेश थिए । खोपले क्यान्सरको जोखिम बढाउँछ कि बढाउँदैन भनेर निर्धारण गर्न यो अध्ययन गरिएको थियो । यो अध्ययनको प्रतिवेदनलाई बायोमार्कर रिसर्च जर्नलमा प्रकाशित गरिएको छ ।
अनुसन्धान विज्ञहरूका अनुसार कोभिडविरुद्धको खोप लिनेहरूमा निश्चित प्रकारको क्यान्सरको जोखिम बढेको पाइएको थियो । खोपले थाइराइड क्यान्सरको जोखिम ३५ प्रतिशत, ग्यास्ट्रिक क्यान्सर ३४ प्रतिशत, प्रोस्टेट क्यान्सर ६८ प्रतिशत र फोक्सोको क्यान्सर ५३ प्रतिशतले बढाउन सक्ने पाइएको छ ।
महिलाहरूमा थाइराइड र कोलोन क्यान्सरको जोखिम पनि बढेको पाइयो, जबकि पुरुषहरूमा ग्यास्ट्रिक र फोक्सोको क्यान्सरको जोखिम बढेको पाइएको थियो । यसबाहेक, खोप लगाइएका व्यक्तिहरूमा स्तन क्यान्सरको जोखिम २० प्रतिशत र कोलोरेक्टल क्यान्सरको जोखिम २८ प्रतिशतले बढेको पाइयो ।
यो अध्ययन खोप लगाएको एक वर्षपछि गरिएको थियो । यस्तो प्रभाव किन र कसरी भयो भनेर अध्यनमा व्याख्या गरिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेटा आँखा अस्पतालमा कर्मचारी र प्रशासनबिच किन भइरहेको छ लडाइँ ?
-
बाघसँग ठोक्किँदा मोटरसाइकल चालक घाइते
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण