नेपाली महिला टोली मलेसियासँग ३ रनले पराजित
बिहीबार, १६ असोज २०८२, १६ : ४६
काठमाडौँ । नेपाली राष्ट्रिय महिला क्रिकेट टोली मलेसियासँगको पाँच खेलको टी-२० अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा ३ रनको झिनो अन्तरले पराजित भएको छ ।
मलेसियाले दिएको १ सय ५ रनको विजय लक्ष्य पछ्याएको नेपाली टोली निर्धारित २० ओभरमा १०१ रनमा अलआउट हुन पुग्यो ।
नेपालको ब्याटिङ प्रदर्शन खासै गतिलो हुन सकेन । पूजा महतोले सर्वाधिक ३० रन बनाए पनि उनले टोलीलाई जितसम्म पुर्याउन सकिनन् ।
नेपालका लागि ओपनर सम्झना खड्काले १८ रन बनाउँदा कप्तान इन्दु वर्मा १२ रनमा आउट भइन् । त्यस्तै, रुबिना क्षेत्रीले ९ रन मात्र जोड्न सकिन् । कविता जोशी १३ रन बनाएर नटआउट रहिन् ।
नेपाली ब्याटरहरूले १० चौका प्रहार गरे पनि खेल अवधिभर एउटा पनि छक्का हिर्काउन सकेनन् । सिरिजअन्तर्गत नेपालले अर्को खेल शनिबार साँझ खेल्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण