मन्त्री घिसिङद्वारा सडक र पुलको निरीक्षण
सारांश
- मन्त्री कुलमान घिसिङले बीपी राजमार्ग, मध्यपहाडी राजमार्ग र आसपासका सडक तथा पुलहरूको निरीक्षण गरे।
- उनले काभ्रेपलाञ्चोक, सिन्धुली र रामेछाप जिल्लाका बिग्रेका संरचना र अलपत्र पुलहरूको निरीक्षण गरे।
- मन्त्री घिसिङले बाढीपहिरोले बिग्रेका संरचना मर्मत गर्न र खाल्डाखुल्डी पुर्न निर्देशन दिए।
काभ्रे । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले बीपी राजमार्ग, मध्यपहाडी राजमार्ग र त्यसका आसपासका सडक तथा पुलहरूको निरीक्षण र अनुगमन गरेका छन्।
सहरी विकास र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मन्त्री घिसिङले बडादसैँ पर्वको बिदाको अवसरमा पनि सम्बन्धित मन्त्रालयका प्राविधिक तथा उच्च अधिकारीहरूलाई साथमा लिएर स्थलगत निरीक्षणसहित आवश्यक निर्देशन दिएका छन्।
उनले काभ्रेपलाञ्चोक, सिन्धुली र रामेछाप जिल्लामा पर्ने महत्त्वपूर्ण सडक खण्डका बिग्रेभत्केका भौतिक संरचना र अलपत्र रहेका पुल तथा पूर्वाधारहरूको निरीक्षण गरेका हुन्। भौतिक पूर्वाधार मन्त्रालयका अनुसार निरीक्षणपछि उनले सम्बन्धित अधिकारीहरूलाई आवश्यक निर्देशन दिएका छन्।
सङ्घीय राजधानी काठमाडौँबाट बिपी राजमार्ग हुँदै गृहजिल्ला रामेछाप आएका मन्त्री घिसिङले बीपी राजमार्ग, खैरेनी घाटको पुल र निर्माणाधिन मध्यपहाडी लोकमार्गको कार्यप्रगतिबारे जानकारी लिए।
बाढी–पहिरोजस्ता कारणले बिग्रे–भत्केका संरचनाहरूको अस्थायी रूपमा भए पनि जतिसके छिटो मर्मत गर्नुपर्ने उनले बताए। उनले भत्केका पक्की पुलहरूको स्थानमा ‘बेली ब्रिज’ र ‘कल्भर्ट’ निर्माण गर्न तथा सडकमा देखिएका खाल्टाखुल्टी पुरी यातायातलाई सहजरूपमा सञ्चालन र व्यवस्थापन गर्न सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिएको बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्थ मन्त्रालयका दुई महत्त्वपूर्ण विभागमा नयाँ नेतृत्व
-
अभिषेक गिरीलाई थुनामुक्त गर्न मोरङ अदालतको आदेश
-
कोशी अस्पतालको जग्गा खाली गर्न अर्को अल्टिमेटम
-
गृहको निर्देशनपछि सुस्तामा प्रशासन सक्रिय, नागरिकता विवरण संकलन गर्ने तयारी
-
शिक्षित आमामै पूर्ण स्तनपानको दर घट्दो, दूधदानी प्रयोग बढ्दै
-
कालीकोटमा व्यावसायिक प्रतिष्ठानको सङ्ख्या उल्लेखनीय वृद्धि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण