अभिषेक र ऐश्वर्याद्वारा युट्युबविरुद्ध मुद्दा दायर, ४ करोड भारु क्षतिपूर्ति माग
सारांश
- अभिषेक बच्चन र ऐश्वर्या रायले एआई डीपफेक भिडिओविरुद्ध युट्युब र गुगलमाथि मुद्दा दायर गरेका छन्।
- उनीहरूले ४ करोड भारु क्षतिपूर्तिको माग गर्दै सामाजिक सञ्जालमा आफ्नो छवि दुरुपयोगमा रोक लगाउन आग्रह गरेका छन्।
- दिल्ली उच्च अदालतले गुगललाई नोटिस जारी गर्दै जनवरी १५, २०२६ मा अर्को सुनुवाइ हुने जनाएको छ।
मुम्बई । अभिनेता अभिषेक बच्चन र ऐश्वर्या रायले एआईबाट बनाइएका डीपफेक भिडिओलाई लिएर युट्युब र गुगलविरुद्ध दिल्ली उच्च अदालतमा मुद्दा दायर गरेका छन्। मिडिया रिपोर्टका अनुसार दम्पतीले अदालतसँग करिब ४ करोड भारतीय रुपैयाँको क्षतिपूर्ति को माग गरेका छन्।
उनीहरूले सामाजिक सञ्जाल प्लेटफर्महरूलाई आफ्नो व्यक्तित्व, अनुहार, आवाज र छविको अवैध, आपत्तिजनक र भ्रामक प्रयोगमाथि स्थायी रूपमा रोक लगाउने निर्देशन जारी गर्न पनि अदालतसँग अपिल गरेका छन्।
रोयटर्सको रिपोर्टअनुसार, अभिषेक र ऐश्वर्याले सेप्टेम्बर ६ मा करिब १५०० पृष्ठको याचिका दायर गरेका थिए। याचिकामा सयौँ लिङ्क र स्क्रिनसटहरू समावेश छन्, जसमा युट्युबमा उनीहरूको छवि र आवाजको प्रयोग गरी झूटो, भ्रामक र अपमानजनक सामग्रीहरू रहेको दाबी गरिएको छ।
उनीहरूले यस्ता भिडिओले उनीहरूको प्रतिष्ठामा आँच पुर्याउनुका साथै निजताको मौलिक अधिकार को गम्भीर उल्लङ्घन गरेको बताएका छन्। दिल्ली उच्च अदालतले यस मामिलामा कडा कदम चाल्दै गुगललाई नोटिस जारी गरी लिखित जवाफ माग गरेको छ।
यस मुद्दाको अर्को सुनुवाइ जनवरी १५, २०२६ मा हुनेछ। यसअघि पनि दम्पतीले आफ्नो पर्सनालिटी र पब्लिसिटी राइट्स को सुरक्षाका लागि अदालतमा याचिका दायर गरी राहत पाएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण