भारी वर्षाको जोखिम : सतर्कता अपनाउन कांग्रेसको अपिल
सारांश
- नेपाली कांग्रेसले भारी वर्षाको जोखिमलाई मध्यनजर गर्दै सरकार, दल र नागरिकलाई उच्च सतर्कता अपनाउन आह्वान गरेको छ।
- कांग्रेसले गत विपद्का घटनाहरूबाट पाठ सिक्दै पूर्वतयारी र प्रतिकार्यमा जुट्न आग्रह गरेको छ।
- कांग्रेसले विपद् व्यवस्थापनमा स्वयंसेवी भावनाका साथ खटिन आफ्ना संरचना र कार्यकर्तालाई आह्वान गरेको छ।
काठमाडौं । असोज १८ गतेदेखि सक्रिय हुने प्रक्षेपित भारी वर्षाको जोखिमलाई मध्यनजर गर्दै नेपाली कांग्रेसले सरकार, दल, सम्बन्धित निकाय र नागरिकलाई उच्च सतर्कता अपनाउन आह्वान गरेको छ।
मुख्य सचिव कृष्णप्रसाद पौडेलले शुक्रबार जारी गरेको विज्ञप्तिमा गत असोज १२ र भदौ २३–२४ मा भएको विपद्ले देश अझै मर्माहत रहँदा फेरि ठूलो जोखिम देखिएको भन्दै पूर्वतयारी र प्रतिकार्यमा जुट्न आग्रह गरिएको छ।
कांग्रेसले जारी गरेको अपिलमा यात्रुका लागि मौसमसम्बन्धी सूचना प्रभावकारी रुपमा प्रवाह गर्न, सरकारी निर्देशन पालना गर्न, जोखिम क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्न, जोखिमयुक्त सडकखण्ड बन्द गर्न, स्थानीय तहमार्फत यात्रु र वासिन्दालाई सहजता पुर्याउन, स्रोत र साधन तयारी अवस्थामा राख्न तथा केही दिनका लागि अन्य कार्य स्थगित गरी विपद् सामना गर्न सात बुँदे सतर्कता समावेश गरिएको छ।
सरकारले युद्धस्तरमा तयारी गर्नुपर्नेमा जोड दिँदै कांग्रेसले आफ्ना सबै तहका संरचना र कार्यकर्तालाई विपद् व्यवस्थापनमा स्वयंसेवी भावना सहित खटिन आह्वान गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण