अपडेट
मुग्लिन–नागढुंगा सडकखण्डको पहिरो पन्छाइयो, मुग्लिन–नारायणगढ सडकखण्ड एकतर्फी सञ्चालनमा
शनिबार, १८ असोज २०८२, ०७ : ४०
सारांश
- मुग्लिन-नागढुंगा सडक खण्डको जवाङ खोलामा खसेको पहिरो हटाइयो, सवारी आवागमन सुचारु छ।
- मुग्लिन-नारायणगढ सडक खण्डको तुइन खोलामा पहिरो खसेको कारण एकतर्फी सडक संचालनमा छ।
- सडक डिभिजन भरतपुरले पानी परिरहेको र पहिरोको जोखिम कायमै रहेकोले यात्रामा सावधानी अपनाउन आग्रह गरेको छ।
काठमाडौँ । मुग्लिन–नागढुंगा सडक खण्डको जवाङ खोला नजिकै खसेको पहिरो हटाइएको छ। शनिबार बिहान ५ः५५ बजे खसेको पहिरो हटाएसँगै सवारी आवागमन सञ्चालनमा रहेको सडक डिभिजन भरतपुरले जानकारी दिएको छ।
यता मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत तुइन खोलाको सडक एकतर्फी बनेको छ। त्यहाँ शनिबार बिहानै पहिरो झरेको हो। सडक डिभिजन भरतपुरका अनुसार मुग्लिन–नारायणगढ सडक खण्डमा अहिले पनि पानी परिरहेको छ
पानी परिरहेको र यस खण्डमा पहिरोको जोखिम कायमै रहेकोले यात्रामा सावधानी अपनाउन सडक डिभिजनले आग्रह गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण