रौतहटमा बाढीकाे जोखिम, एक सय घरधुरीलाई सुरक्षित स्थानमा सारियो
सारांश
- रौतहटमा बागमती र लालबकैया नदीमा पानीको सतह बढेपछि बाढीको जोखिम बढेको छ।
- सशस्त्र प्रहरीले बाढीको जोखिमलाई मध्यनजर गर्दै स्थानीयलाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ।
- विभिन्न क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ र उद्धारका लागि आवश्यक सामग्रीको व्यवस्था गरिएको छ।
रौतहट । रौतहट स्थित बागमती र लालबकैया नदीमा पानीको सतह बढ्दै गएपछि नदी किनारमा बसोबास गर्ने बस्तीहरूमा बाढी जोखिम बढेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखा र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले असोज १७ देखि २० गतेसम्म देशका विभिन्न भागमा अति भारी वर्षा हुने चेतावनी जारी गरेपछि सशस्त्र प्रहरी बलले अग्रिम रूपमा सतर्कता र उद्धार कार्य अघि बढाएको छ।
सशस्त्र प्रहरी बल नेपाल नं ११ गण, हे.क्वा. रौतहट र मातहतका सन्तपुर, दुधियाभार, विजयपुर र समनपुर लगायत सम्पूर्ण बेस क्याम्पहरूले जोखिमयुक्त बस्तीहरूमा सचेतनामूलक माइकिङ कार्यक्रम सञ्चालन गर्दै बाढीग्रस्त हुन सक्ने स्थानका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेका छन्।
जिल्ला विपद् व्यवस्थापनको निर्देशनअनुसार असोज १७ गते मात्र वृन्दावन नगरपालिका–१ स्थित भोटियाघाट क्षेत्रको बागमती नदी किनारमा बसोबास गर्ने १२८ घरधुरीमध्ये १०१ घरधुरीलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गरिएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी राम हरी अधिकारीले जानकारी दिएका छन्।

“बाढी जोखिम उच्च भएकाले प्रभावित क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई सतर्क रहन र सुरक्षित स्थानतर्फ जान आग्रह गरेका छौं। हाम्रो सबै टोली २४ सै घण्टा उद्धार र आपतकालीन राहतका लागि स्ट्यान्डबाइ अवस्थामा छन्,” एसपी राम हरी अधिकारी जानकारी दिए।
बाढी जोखिम बढेसँगै जिल्ला प्रशासन कार्यालय, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना,स्थानीय तह र स्थानीय बासिन्दाबीच समन्वय गरी उद्धारका लागि आवश्यक डुङ्गा, डोरी, जीवनरक्षक ज्याकेटलगायतका उपकरणहरू तयारी अवस्थामा राखिएको छ।
विशेष गरी बागमती र लालबकैया नदी आसपासका बस्तीहरू भोटियाघाट, कटहरिया, मौलापुर, राजपुर, गुजरा, इश्नाथ, देवाही गोनाही र गरुडा क्षेत्रलाई उच्च जोखिम क्षेत्रका रूपमा पहिचान गरिएको छ।
हरेक वर्षको मनसुनमा बागमती र लालबकैया नदी किनारका बस्तीहरूमा बाढी र डुबानको जोखिम बढ्ने गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण