बाढी पहिरो प्रभावितको व्यवस्थापनमा जुट्न नेता कार्यकर्तालाई रास्वपाको आग्रह
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेता कार्यकर्तालाई विपद् व्यवस्थापनमा जुट्न आग्रह गरेको छ।
- कार्यवाहक सभापति डोल प्रसाद अर्यालले विज्ञप्ति जारी गर्दै वर्षाका कारण विपद्को जोखिम बढेको बताए।
- पार्टीले स्थानीय सरकार र प्रशासनसँग समन्वय गरी मानवीय सेवामा लाग्न आह्वान गरेको छ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सम्भावित विपद्का घटनाहरूको न्यूनीकरण र प्रभावितको व्यवस्थापनमा जुट्न नेता कार्यकर्तालाई आग्रह गरेको छ ।
कार्यवाहक सभापति डोल प्रसाद अर्यालले एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन् । उनले भनेका छन्– 'अविरल वर्षादबाट देशैभर जल उत्पन्न विपद् जोखिम उच्च रहेको अवगतै छ। जल तथा मौसम विज्ञान विभागले कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अझै केही दिन अधिक वर्षाको सम्भावना रहेको औँल्याएको छ। जारी वर्षासँगै बाढी, पहिरो, डुबानजस्ता विपद्का घटना बढ्ने र त्यसबाट जनधनको क्षति हुन सक्ने भएकाले विभिन्न सरकारी निकायहरूले जारी गरेका सूचना अनुसार गर्न–गराउनुहुन सबैलाई अनुरोध गर्दछौँ। साथै नदी–खोला तटीय क्षेत्र आसपासका क्षेत्रमा बस्नुहुने र स्थलमार्ग प्रयोग गर्नुहुने सम्पूर्ण यात्रुहरूलाई विशेष सावधानी अपनाउन आग्रह गर्दछौँ। '
'विपद्को बेला मानवीय सेवा–सहयोगमा जुट्नु सबैको कर्तव्य हो। यही मर्मलाई आत्मसात् गर्दै सम्भावित विपद्का घटनाहरूको न्यूनीकरण, घटनापछिको द्रुत खोज-उद्धार, घाइतेको उपचार, प्रभावितको व्यवस्थापन, राहत वितरण र अन्य मानवीय सहयोगका कार्यहरूमा स्थानीय सरकार र प्रशासनसँग समन्वय गरी आफ्नो सीप र दक्षता अनुसार सक्रियतापूर्वक जुट्न पार्टीको केन्द्रीय, प्रादेशिक, जिल्ला एवं पालिका तहसम्मका द्रुत कार्य समूह सहित पार्टीका सम्पूर्ण तहका समिति, विभाग, सदस्य तथा शुभेच्छुकहरूमा यसै विज्ञप्तिमार्फत विशेष आह्वान गर्दछौँ' विज्ञप्तिमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ जिल्ला अदालतले २६ हजार ४४५ मुद्दा फैसला गर्न बाँकी
-
भरतपुर अस्पतालमा बिरामीको उच्च चाप, एकै दिन तीन हजार ३६८ जनाले सेवा लिए
-
चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
-
भूमिहीन सुकुमबासीलाई जग्गा उपलब्ध गराउन सरकारले निकाल्यो ३५ दिने सूचना
-
अङ्क तालिका सुधारको लक्ष्यमा नेपाल, नामिबियाविरुद्ध कस्तो होला रणनीति?
-
बागमती प्रदेश सभाको सकसपूर्ण अङ्कगणितः एमाले–नेकपा गठबन्धनका लागि ‘हानेपा’लाई प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण