अपडेट
तमोर करिडोरमा गाडी दुर्घटना, क्षतिको विवरण आउन बाँकी
शनिबार, १८ असोज २०८२, १२ : १४
सारांश
- पाँचथरको कुम्मायक गाउँपालिकामा गाडी दुर्घटना भएको छ।
- प्रहरी घटनास्थलतर्फ गइसकेको छ र उद्धार कार्य भइरहेको छ।
- दुर्घटनामा भएको क्षतिको विवरण आउन बाँकी छ।
काठमाडौँ । तमोर करिडोरमा सवारी दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरलाई प्राप्त प्रारम्भिक जानकारी अनुसार कुम्मायक गाउँपालिका वडा नम्बर ३, कार्तिके भन्ने स्थानमा गाडी दुर्घटना भएको हो ।
प्रहरीका अनुसार, दुर्घटनाको खबर प्राप्त भएपछि घटनास्थलतर्फ प्रहरी टोली पठाइएको छ । जिल्लाबाट पनि थप टोली जाँदै गरेको एक प्रहरी अधिकृतले जानकारी दिए ।
दुर्घटनामा भएको मानवीय तथा भौतिक क्षतिको विवरण भने प्राप्त भइसकेको छैन । "हामीलाई खबर आएको छ, उद्धारका लागि प्रहरी टोली पठाइसकेका छौँ," ती प्रहरी अधिकृतले रातोपाटीसँग भने, "अहिले नै क्षतिको यकिन विवरण आइसकेको छैन।" धरान जाँदै गर्दा पिकअप गाडी दुर्घटनामा परेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारमाथि क्यानडाको एकपक्षीय दबदबा, पहिलो हाफमै ३–० को अग्रता
-
क्यानडा र कतार भिड्दै, अघिल्लो चरणका लागि दुवै टोलीलाई जितको दबाब
-
उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद
-
बोस्नियामाथि स्विट्जरल्याण्डको सानदार जित, ४ अंकसहित नकआउट चरणको नजिक
-
स्विट्जरल्याण्ड र बोस्नियाबिच कडा प्रतिस्पर्धा, पहिलो हाफमा भएन गोल
-
नेपालगन्जबाट दुई चिकित्सकसहित पाँच पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण