सहयोगका निम्ति तयार रहन एमालेको आग्रह
शनिबार, १८ असोज २०८२, १४ : ५१
सारांश
- एमाले महासचिव शङ्कर पोखरेलले सम्भावित विपद् व्यवस्थापनका लागि पार्टी कार्यकर्तालाई तयार रहन आग्रह गरे।
- उनले जनसुरक्षालाई प्राथमिकता दिई राज्यका निकायसँग सहकार्य गर्न स्थानीय कमिटीलाई निर्देशन दिए।
- पोखरेलले जनतालाई सचेत रहँदै विपद् व्यवस्थापनमा सहयोग गर्न आह्वान गरे।
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले सम्भावित विपद् व्यवस्थापनका निम्ति तयार रहन पार्टीका कार्यकर्तालाई आग्रह गरेका छन् ।
महासचिव पोखरेलले आज अपिल जारी गर्दै जनसुरक्षालाई प्राथमिकता दिई सरोकारभएका राज्यका निकायसँग सहकार्य गर्न स्थानीय पार्टी कमिटीलाई सक्रिय रहन निर्देशन दिएका छन् ।
साथै उनले जनतालाई सचेत रहँदै परस्पर सहयोग र एकताको भावनाका साथ विपद् व्यवस्थापनमा सहभागी हुन आह्वान गरेका छन् ।
“यो विपद्को बेला प्रत्येक जिम्मेवार नागरिक र हाम्रो पार्टी संरचना जनताको सुरक्षामा अग्रपङ्क्तिमा रहनुपर्छ । बाढी, पहिरो र डुबानबाट जोखिममा परेकालाई तत्काल सहयोग र उद्धार गर्न तयार रहन आग्रह गर्दछु”, महासचिव पोखरेलले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण