अपडेट
राइड सेयरिङ कम्पनीमाथि प्रशासनको निगरानी : चर्को भाडा असुल्नेविरुद्ध कडा कारबाहीको चेतावनी
शनिबार, १८ असोज २०८२, १८ : ००
सारांश
- काठमाडौं जिल्ला प्रशासन कार्यालयले राइड सेयरिङ सेवा प्रदायकहरूले मनसुनजन्य विपद्को अवस्थामा अत्यधिक भाडा असुलेको गुनासो आएको जनाएको छ।
- कार्यालयले अत्यावश्यक सेवाको नाममा ठगी गर्ने कार्य अस्वीकार्य हुने भन्दै कारबाही गर्ने चेतावनी दिएको छ।
- प्रशासनले ठगी गर्ने जो कोहीलाई पनि प्रमाणसहित उजुरी दिन र कानुन बमोजिम कारबाही गर्ने जनाएको छ।
काठमाडौं । हालको मनसुनजन्य विपद्को अवस्थामामा काठमाडौं उपत्यकाभित्र इन्ड्राइभ, पठाओ, याङ्गो लगायतका राइड सेयरिङ सेवाप्रदायकहरूले यात्रुहरूसँग अत्यधिक भाडा असुल गरेको गुनासो प्राप्त भएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक सूचना जारी गरेको छ।
कार्यालयले शनिबार जारी गरेको सूचनामा यस्तो परिस्थितिमा अत्यावश्यक सेवाको नाममा ठगी गर्ने कार्य अस्वीकार्य हुने स्पष्ट गरेको छ।
प्रशासकीय अधिकृत सुजन कुमारी बर्देवाद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, 'कोही कसैले यसरी ठगी गरेको पाइएमा आवश्यक प्रमाणसहित जिल्ला प्रशासन कार्यालयमा पेश गर्न सम्बन्धित सबैलाई अनुरोध गरिएको छ। यसरी ठगी गर्ने व्यक्तिहरूलाई प्रचलित कानुनबमोजिम कडा कारबाही गरिनेछ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण