पाँचथर दुर्घटना: मृतकमध्ये चार जनाको सनाखत
सारांश
- पाँचथरको कुम्मायकमा बलेरो दुर्घटना हुँदा चार जनाको सनाखत भएको छ, अन्य दुई जनाको सनाखत हुन सकेको छैन।
- दुर्घटनामा घाइते भएकाहरुको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।
- बलेरो सडकबाट ३ सय मिटर तल खसेको थियो, जसमा चालक सहित १२ जना सवार थिए र दुर्घटनाको कारण खुल्न सकेको छैन।
विराटनगर । पाँचथरको कुम्मायक–३ कात्तिकेमा आज भएको बलेरो दुर्घटनामा परी मृत्यु हुने चार जनाको सनाखत भएको छ । अन्य दुई जना मृतकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।
मे १ ज ३०५५ नम्बरको बलेरो तमोर करिडोरको कात्तिके खण्डमा शनिबार दिउँसो दुर्घटनामा परेको थियो ।
उक्त दुर्घटनामा परी मृत्यु हुनेमा ताप्लेजुङको मेरिङदेन ५ का धनकुमार लिम्बू, दिपेश केदेम, मनिषा कार्की र मेरिङदेन–४ की गीता हाङगामको सनाखत भएको छ ।
यस्तै घाइतेहरुमा मेरिङदेन–५ का धनकुमार लिम्बू, मिक्वाखोला–४ का २५ वर्षीया मनु साँवा लिम्बू, ताप्लेजुङ सिदिङवा–२ का ७ वर्षीय अनिस लिम्वू, सुनसरी इटहरी–७ का ३५ वर्षीय महेश गुरागाई, मेरिङदेन ५ का २५ वर्षीय बिमल लिम्बू, ताप्लेजुङ मिक्वाखोला–४ का २९ वर्षीय सञ्जुहाङ लिम्बू रहेका छन् ।
बलेरो सडकदेखि ३ सय मिटर तल खसेको प्रहरीले पुष्टि गरेको छ । मृतक ६ जनाको शव पोस्टमार्टमका लागि पाँचथर अस्पताल पुर्याइएको छ भने घाइतेहरूको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
सबै घाइतेहरूको कम्मर र टाउकोमा चोट लागेको जनाइएको छ । बलेरोमा चालकसहित १२ जना यात्रु सवार थिए । दुर्घटनाको कारण खुल्न सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण