थापाथलीस्थित बागमती किनारका बासिन्दालाई सुरक्षित ठाउँमा सारियो
सारांश
- थापाथलीस्थित सुकुम्बासी बस्तीका स्थानीयलाई गुह्येश्वरी स्कुलमा सारिएको छ।
- टेकु दोभान स्थित वृद्धाश्रममा बसेका ज्येष्ठ नागरिकहरूलाई पचली भैरव मन्दिरमा सारियो।
- लगातारको वर्षाका कारण हुनसक्ने क्षतिको जोखिम कम गर्न काठमाडौंमा सेना परिचालन गरियो।
काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनारमा रहेका सुकुम्बासी बस्तीका स्थानीयलाई सुरक्षित ठाउँमा सारिएको छ । नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीले काठमाडौँ महानगरपालिका–११ स्थित बागमती नदी किनारका स्थानीयलाई गुह्येश्वरी स्कुलमा स्थानान्तरण गरेको हो ।
गणेशदल गण र अन्य सुरक्षा निकायको संयुक्त टोलीले थापाथली स्थित बागमती किनारका बासिन्दालाई विद्यालयमा स्थानान्तरण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
त्यस्तै, टेकु दोभान स्थित सत्प्रयास वृद्धाश्रममा बसेका ज्येष्ठ नागरिकहरूलाई पनि त्यहाँबाट सारिएको छ । ज्येष्ठ नागरिकहरूलाई पचली भैरव मन्दिरमा स्थानान्तरण गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
निरन्तर वर्षाका कारण हुनसक्ने क्षति न्यूनीकरण गर्न काठमाडौँ उपत्यकामा दक्ष उद्धारकर्मी सहित १९ ठाउँमा सेनालाई खटाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण