अलपत्र यात्रुलाई चितवनका होटलमा ७५ प्रतिशत छुट
सारांश
- वर्षाका कारण सवारी आवागमन बन्द भएपछि चितवनमा यात्रुहरू अलपत्र परेका छन्।
- होटल व्यवसायी संघ र जिल्ला प्रशासन कार्यालयको संयुक्त निर्णयअनुसार, होटलहरूले कोठा भाडामा ७५% छुट दिनेछन्।
- प्रजिअ गणेश अर्यालले सम्मानजनक सेवा दिन आग्रह गर्दै, बढी शुल्क लिए कारबाही हुने चेतावनी दिए।
चितवन। वर्षाका कारण सवारी आवागमन बन्द भएपछि चितवनमा अलपत्र परेका यात्रुहरूले अब होटलको कोठा भाडामा ७५ प्रतिशत छुट पाउने भएका छन्।
होटल व्यवसायी संघ चितवन र जिल्ला प्रशासन कार्यालय चितवनको बैठकले संयुक्त रूपमा यस्तो निर्णय गरेको हो। निर्णयअनुसार जिल्लाभरिका सबै होटलहरूले आफ्ना नियमित कोठा भाडामा ७५ प्रतिशत छुट दिई २५ प्रतिशत शुल्कमा मात्रै सेवा प्रदान गर्नेछन्।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले छुटमा बस्ने ग्राहकलाई कुनै पनि फरक व्यवहार नगरी सम्मानजनक सेवा दिन सदस्य होटलहरूलाई आग्रह गरेका छन्।
निर्णयको कार्यान्वयन भए-नभएको अनुगमन गर्न होटल संघ चितवन र जिल्ला प्रहरी कार्यालयले संयुक्त रूपमा निगरानी गर्ने प्रजिअ अर्यालले बताएका छन्। निर्णयविपरीत बढी शुल्क लिएको पाइएमा कानुनबमोजिम कारबाही हुने चेतावनी पनि दिइएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका एसपी गोविन्द पुरीका अनुसार अहिले सडकमा ४० देखि ५० वटा गाडी रोकिएका छन् भने २०० भन्दा बढी यात्रु अलपत्र परेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण