पदयात्रामा गएका चार जना बेपत्ता
शनिबार, १८ असोज २०८२, २२ : ४०
सारांश
- भक्तपुरबाट लाङटाङ पदयात्रामा गएका १६ जनामध्ये चार जना बेपत्ता भएका छन्।
- गोसाइँकुण्ड गाउँपालिका-४ बेरिङ खोल्छामा आएको पानीले बगाउँदा उनीहरू बेपत्ता भएका हुन् ।
- बेपत्ता हुनेमा संस्कृति श्रेष्ठ, किसन श्रेष्ठ, सङ्गीता श्रेष्ठ र रवी श्रेष्ठ रहेका छन्।
रसुवा । लाङटाङमा पदयात्राका लागि गएका भक्तपुरका चार जना बेपत्ता भएका छन् । भक्तपुरबाट शुक्रबार १६ जनाको टोली पदयात्राका लागि लाङटाङ पुगेको थियो ।
गोसाइँकुण्ड गाउँपालिका–४ बेरिङ खोल्छामा आएको पानीले बगाउँदा १६ जनामध्ये चार जना बेपत्ता भएको रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले जानकारी दिए ।
उनका अनुसार बेपत्ता हुनेमा भक्तपुर जिल्ला ठिमी नगरपालिका–३ का २५ वर्षीय संस्कृति श्रेष्ठ, २५ वर्षे किसन श्रेष्ठ, २५ वर्षीय सङ्गीता श्रेष्ठ र भक्तपुर नगरपालिका–१० का २३ वर्षे रवी श्रेष्ठ रहेका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण