रौतहटमा चट्याङ लागेर ३ को मृत्यु, प्रहरी उपकरणमा क्षति
सारांश
- शनिबार साँझ रौतहटमा हावाहुरी र वर्षासँगै चट्याङ पर्दा तीन जनाको मृत्यु भएको छ।
- कटहरिया र ईशनाथ नगरपालिकामा चट्याङ लागेर दुई र एक जनाको ज्यान गएको हो।
- मृतकको शव पोस्टमार्टमका लागि अस्पताल लगिएको छ, भने प्रहरीको उपकरणमा समेत क्षति पुगेको छ।
रौतहट । रौतहटमा शनिबार साँझ हावाहुरी र अविरल वर्षासँग परेको चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ भने प्रहरीको उपकरणमा समेत क्षति पुगेको छ।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजु कार्कीका अनुसार शनिवार साँझ ६ बजे परेको चट्याङ लागेर कटहरिया नगरपालिका २ हंथियाहि गाउँका दुईजना र भारतीय सिमानासँग जोडिएको ईशनाथ नगरपालिका ८ मनसरी गाउँका एकजना गरी तीन जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा कटहरिया २ का वर्ष १६ क सेराज लहेरी र वर्ष १६ को नवीन यादव रहेका छन्। उनीहरू घर बाहिर घुमिरहेको अवस्थामा चट्याङ लागेर मृत्यु भएको थियो।
त्यसैगरी ईशनाथ ८ का ४५ बर्षीय ननक भन्ने शेख जमरुन आफ्नै घरको बरन्डामा बसिरहँदा शनिबार साँझ चट्याङ लागेर मृत्यु भएको थियो। मृतक तीन जनाको शव राति नै पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल गौरमा लागिएको प्रवक्ता कार्कीले जानकारी दिएका छन्।
त्यस्तै वर्षासँगै चट्याङ लागेर इलाका प्रहरी कार्यालय शिवनगरको कार्यालय भित्र रहेको इन्भर्टर १ थान र १२ भोल्टको ब्याट्रीमा क्षति पुगेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण