वर्षा रोकिएपछि खुल्यो हेटौँडाको आकाश, अवरुद्ध सडक खुलाउने काम तीव्र
सारांश
- लगातारको वर्षा रोकिएपछि हेटौँडाको मौसममा सुधार आएको छ।
- पहिरोका कारण अवरुद्ध बनेका सडक खुलाउने काम सुरु भएको छ, जसले गर्दा काठमाडौँ जाने सवारी र यात्रु हेटौँडामै रोकिएका छन्।
- पहिरो पन्छाउनका लागि हेभी इक्विपमेन्ट प्रयोग भइरहेको छ, र सुरक्षा सुनिश्चित भएपछि मात्र सवारी सञ्चालन हुनेछ।
मकवानपुर । निरन्तरको वर्षा रोकिएसँगै आज हेटौँडाको आकाश खुलेको छ । शुक्रबार देखिको निरन्तरको वर्षा रोकिएसँगै हेटौँडाको मौसममा सुधार आएको हो ।
मौसममा सुधार पहिरोका कारण अवरुद्ध बनेका वैकल्पिक राजमार्ग खुलाउने काम सुरु भएको छ। शनिबार साँझदेखि काठमाडौँ जाने कुलेखानी–फाखेल, सिस्नेरी र कान्ति लोकपथ सडकखण्ड पहिरोले बन्द हुँदा सवारीसाधन र यात्रु हेटौँडामै रोकिएका छन्। मौसममा आएको सुधारसँगै विभिन्न स्थानमा खसेको पहिरो पन्छाउने कामलाई तीव्रता दिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
वर्षा रोकिएर आज मौसम केही खुलेपछि बिहानैदेखि पहिरो पन्छाउने कामलाई तीव्रता दिइएको छ । निरन्तरको वर्षापछि गएको पहिरोका कारण हेटौँडाबाट काठमाडौँ जाने अवरुद्ध भएका सडकहरू खुलाउने काम थालिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । शनिबारको अविरल वर्षाका कारण भीमफेदी-सिमखोला र सिमखोला-फाखेल सडक खण्डका केही स्थानमा पहिरो खसेको उनले बताए ।
सम्भावित थप जोखिमलाई मध्यनजर गर्दै अत्यावश्यक बाहेकका सवारीलाई हेटौँडाको चौकीटोल, बुद्धचोक, चौघडा लगायतका स्थानमा होल्ड गरिएको उनले बताए ।

डिएसपी बोगटीका अनुसार दक्षिणकाली–९ स्थित बिष्णुखोलाको पहिरो हटाउने काम जारी छ । फाखेल सडकखण्ड अन्तर्गत महालक्ष्मी खोलाको पहिरो पन्छाइसकिएको छ भने सल्लेमा खसेको पहिरो हटाउन करिब एक घण्टा लाग्ने अनुमान छ । पहिरो हटाउनका लागि हेभी इक्विपमेन्टहरू प्रभावित क्षेत्रमा पठाइसकिएको उनले बताए ।
यता, मकवानपुरकी प्रमुख जिल्ला अधिकारी अस्मिता श्रेष्ठले सडकको अवस्था र सुरक्षा सुनिश्चित नभएसम्म सवारी सञ्चालन नगरिने बताइन् । उनका अनुसार सुरक्षाकर्मीको टोलीले पहिरोग्रस्त क्षेत्रको स्थलगत अनुगमन गर्नेछ ।

सडकको अवस्था सुरक्षित रहेको प्रतिवेदन र काठमाडौँ प्रशासनबाट रोकिएका सवारीलाई पठाउन आदेश आएपछि मात्र होल्ड गरिएका सवारीलाई गन्तव्यतर्फ जान दिइने प्रजिअ श्रेष्ठले स्पष्ट पारिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीले विपक्षी दलको नेता बोल्दा सदनमा उपस्थित हुने परम्परा तोड्नुभयो : आङ्देम्बे (पूर्णपाठ)
-
के छ शिक्षा नियमावली १०औँ संशोधनमा ?
-
सुशासन, पारदर्शिता र जबाफदेही सरकार नै आजको आवश्यकता
-
इरानका नयाँ नेतृत्वलाई इजरायली रक्षामन्त्रीको यस्तो चेतावनी
-
गाउँपालिका अध्यक्षले कमाए साढे ३ करोड बराबरको अकूत सम्पत्ति, बुवा-आमा र दुई श्रीमतीविरुद्ध पनि मुद्दा
-
बिहान उठ्नेबित्तिकै तातो पानी पिउने बानी छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण