रसुवामा बेपत्ता भएका भक्तपुरका चारमध्ये तीन जना एकै परिवारका
सारांश
- भक्तपुरबाट लाङटाङ घुम्न गएका चार जना बेरिङ खोलाले बगाएर बेपत्ता भएका छन्।
- बेपत्ता हुनेमा एकै परिवारका तीन जना रहेको खुलेको छ, उनीहरू रामेछापबाट बसाइँ सरेर दधिकोटमा बस्दै आएका थिए।
- प्रहरी र नेपाली सेनाको टोलीले बेपत्ताहरूको खोजी गरिरहेको छ, खोजी कार्य नुवाकोटको सिमानासम्म परिचालन गरिएको छ।
भक्तपुर । लाङटाङ घुम्न जाने क्रममा रसुवाको गोसाईंकुण्ड गाउँपालिका–४ को बेरिङ खोल्साले बगाएर बेपत्ता भएका भक्तपुरका चारमध्ये तीन जना एउटै परिवारको भएको खुल्न आएको छ ।
गोसाईंकुण्ड–५ स्थित ब्याम्बो होटलमा बास बसेर लाङटाङतर्फ जाने क्रममा शनिबार चार जनालाई बेरिङ खोल्साले बगाएर बेपत्ता बनाएको थियो । बेपत्ता हुनेहरूमा भक्तपुर नगरपालिका–१० क्वाठण्डौंँ बस्ने वर्ष २३ का रवि श्रेष्ठ, सूर्यविनायक नगरपालिका–४ दधिकोट बस्ने २३ वर्षीया संस्कृति श्रेष्ठ, २१ वर्षीय किशन श्रेष्ठ र २६ वर्षीया सनिता श्रेष्ठ रहेका छन् ।
संस्कृति, किशन र सनिता एउटै परिवारका रहेको सूर्यविनायक नगरपालिका–४ का वडाध्यक्ष लच्छुराम न्यौपानेले जानकारी दिए । उनीहरू रामेछापबाट बसाइँसराइ गरेर दधिकोटमा बसोबास गर्दै आएको न्यौपानेले बताए । उनीहरूको अवस्था अझै अज्ञात रहेको छ ।
उनीहरूको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रसुवाका सूचना अधिकारी प्रहरी निरीक्षक राजु शाहले जानकारी दिए ।
बेपत्ताहरूको खोजीका लागि प्रहरी र नेपाली सेनाको टोली नुवाकोटको सिमानासम्म परिचालन गरिएको र नुवाकोट प्रहरीलाई पनि घटनाबारे जानकारी गराएर खोजी कार्यका लागि अनुरोध गरिएको उनले बताए ।
यसअघि संस्कृति, किशन र सनिता मध्यपुर थिमिमा बस्ने भनी समाचार सार्वजनिक भएको थियो । लाङटाङ जाने क्रममा मध्यपुर थिमि शङ्खधर चोकबाट गाडी चढेकाले रोज कर्माचार्यले उनीहरू थिमिको भएको प्रहरीलाई जानकारी गराएका कारण उनीहरू थिमिको भएको समाचार सार्वजनिक भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
औद्योगिक क्षेत्रको बक्यौता नतिर्नेमाथि कठोर कदम: सात दिनभित्र भुक्तानी नगरे सञ्चालक नै पक्राउ पर्ने
-
सरकारद्वारा जिल्ला भूमि समस्या समाधान समिति गठन, प्रमुख जिल्ला अधिकारीलाई अध्यक्षको जिम्मेवारी
-
यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ
-
टोखाबाट खैरो हिरोइनसहित एक जना पक्राउ
-
सुदूरपश्चिम प्रदेशमा यस्तो बन्यो पुनर्गठित मन्त्रिपरिषद् (सूचीसहित)
-
रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण