प्रतिकुल मौसम
दुई दिनमा ४० जनाको मृत्यु, ११ जना बेपत्ता
आइतबार, १९ असोज २०८२, १२ : ५२
सारांश
- असोज १८ र १९ गते देशका विभिन्न स्थानमा भएका दुर्घटनामा ४० जनाको मृत्यु भएको छ।
- कोशी प्रदेशको इलाममा बाढी पहिरोमा परी २८ जनाको मृत्यु भएको छ।
- बाढी पहिरो, चट्याङ, गाडी दुर्घटना तथा खोलाले बगाउँदा मानवीय क्षति भएको हो ।
काठमाडौँ । असोज १८ र १९ गते देशका विभिन्न स्थानमा भएका दुर्घटनामा ४० जनाको मृत्यु भएको छ । दुई दिनको अविरल वर्षाका कारण बाढी पहिरो, चट्याङ, गाडी दुर्घटना तथा खोलाले बगाउँदा उक्त क्षति भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सबैभन्दा बढी कोशी प्रदेशमा मानवीय क्षति भएको छ । उक्त प्रदेशको इलाममा मात्र बाढी पहिरोमा परी २८ जनाको मृत्यु भएको छ ।
त्यस्तै उदयपुर, खोटाङ र पाँचथरमा नौ जनाको मृत्यु भएको छ । ५ जना बेपत्ता भएका छन् । त्यसैगरी मधेस प्रदेशको रौतहटमा ३ जनाको मृत्यु भएको र बारामा एक जना बेपत्ता रहेका छन् ।
बागमतीको रसुवामा चार जना बेपत्ता र काठमाडौँमा १ जना बेपत्ता रहेका छन् । यो सहित बेपत्ताको संख्या ११ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको शव पोस्टमार्टमका लागि पठाइयो शिक्षण अस्पताल
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण