च्यासल पुलको अवरोध सेनाले हटायो
आइतबार, १९ असोज २०८२, १३ : ०७
सारांश
- ललितपुर महानगरपालिका-९ स्थित च्यासल पुलमा अड्किएको रुख सेनाले हटाएको छ।
- बाढीले बगाएर ल्याएको रुखका कारण पुल जोखिममा परेको थियो।
- सेनाको उद्धार टोलीले बाढी प्रभावित क्षेत्रमा निगरानी गरिरहेको छ।
काठमाडौँ । ललितपुर महानगरपालिका–९ स्थित च्यासल पुलको अवरोध सेनाले हटाएको छ । बागमतीले बगाएर ल्याएको रुख पुलमा अड्किएर पुल जोखिममा परेको थियो । राजदल गणबाट खटिएको फौजले सो अवरोध हटाएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
बाढी प्रभावित बागमती नदीको तटीय क्षेत्रमा सेनाको उद्धार टोलीले निरन्तर निगरानी गरिरहेको छ । शुक्रवार रातिदेखि परेको अविरल वर्षा उपत्यकामा आइतबार बिहानबाट रोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के छ शिक्षा नियमावली १०औँ संशोधनमा ?
-
सुशासन, पारदर्शिता र जबाफदेही सरकार नै आजको आवश्यकता
-
इरानका नयाँ नेतृत्वलाई इजरायली रक्षामन्त्रीको यस्तो चेतावनी
-
गाउँपालिका अध्यक्षले कमाए साढे ३ करोड बराबरको अकूत सम्पत्ति, बुवा-आमा र दुई श्रीमतीविरुद्ध पनि मुद्दा
-
बिहान उठ्नेबित्तिकै तातो पानी पिउने बानी छ ?
-
रास्वपाको सभापति निर्वाचनमा ५० प्लस १ को व्यवस्था संशोधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण