‘माइतीघर’ को भिडियो प्रतियोगिता : दुई विजेता घोषित
सारांश
- फिल्म 'माइतीघर' को भिडियो प्रतियोगितामा सुरज सिंजाली मगर र नाश्री डान्स एकेडेमी विजेता बने।
- दुई विजेतालाई जनही २ लाख ५० हजार नगद पुरस्कार दिइनेछ।
- फिल्म 'माइतीघर' को शीर्ष गीतमा आधारित प्रतियोगितामा एक हजारभन्दा बढी भिडियो सहभागी थिए।
काठमाडौँ । फिल्म ‘माइतीघर’ को भिडियो प्रतियोगिताका विजेताको नाम घोषणा गरिएको छ । निर्माण युनिटले बुटवलका सुरज सिंजाली मगर र बुटवलको कालिकानगरमा रहेको नाश्री डान्स एकेडमीका बालिकाहरूको समूहले बनाएका भिडियोलाई प्रतियोगिताको विजेताको रूपमा घोषणा गरेको हो ।
दुई भिडियोले निर्णायकबाट समान अङ्क ल्याएका कारण दुवैलाई विजेता घोषणा गरिएको निर्माण पक्षले जनाएको छ । विजेतालाई ५ लाख नगद पुरस्कार दिने घोषणा निर्माण पक्षको थियो । दुई विजेता भएपछि प्रत्येकलाई २ लाख ५० हजारको दरले वितरण गर्ने फिल्मका निर्माता रोहित अधिकारीले बताए ।
‘हामीलाई प्राप्त एक हजार बढी भिडियोमा सुरज सिंजाली र नाश्री डान्स एकेडेमीका बहिनीहरूको भिडियो बिचको प्रतिस्पर्धा निकै नै कडा भयो’, निर्माता अधिकारीले भने– ‘निर्णायकका आधारमा दुवैलाई विजेता घोषणा गरेर आधा आधा बाँड्न लागेका हौँ ।’
निर्माण टिमले फिल्मको शीर्ष गीत ‘वसन्त नै बस्न खोज्छ यहाँ लोलाएर’ बोलको गीतमा ५ लाख नगद पुरस्कारको प्रतियोगिताका घोषणा गरेको थियो ।
मिलन तामाङ निर्देशित फिल्म फूलपातीबाट प्रदर्शनमा आएको छ । फिल्मले राम्रो दर्शक पाइरहेको निर्माण पक्षको दाबी छ । फिल्ममा केदारप्रसाद घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासनासिंह ठकुरी, श्यामा श्री शेर्पा, युवराज लामा, बुद्धि तामाङ, शिशिर वाङ्देल लगायतका कलाकारहरूको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
-
नेपालमा लोकतन्त्र अपहरित भएको छ : केपी ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण