सिके राउतको पार्टीमा जेनजी जनमत सङ्घ गठन हुने
सारांश
- जनमत पार्टीले जेनजी जनमत सङ्घ गठन गर्ने भएको छ, जसले युवा पुस्ताका मुद्दा उठाउनेछ।
- संघमा १८ देखि २८ वर्षका युवा सहभागी हुनेछन्, जसले पार्टीका एजेन्डालाई समर्थन गर्नेछन्।
- जनमत पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी, 'राइट टू रिजेक्ट' र 'राइट टू रिकल' जस्ता मुद्दाहरू अघि सारेको छ।
काठमाडौँ । डा.सिके राउत नेतृत्वको जनमत पार्टीले जेनजी जनमत सङ्घ गठन गर्ने भएको छ । सो पुस्ताको मुद्दा र एजेन्डा बोकेका कारण भातृ संगठनका रूपमा जेनजी जनमत सङ्घ गठन गर्न लागिएको उक्त पार्टीले जनाएको छ ।
जनमत पार्टीका उपाध्यक्ष वसन्त कुशवाहका अनुसार सङ्घ गठन गर्ने प्रक्रिया सुरु भइसकेको छ । संघमा १८ वर्षदेखि २८ वर्षका युवा सहभागी गराइने उपाध्यक्ष कुशवाहाले बताए ।
जेनजी पुस्ताले उठाएका हरेक मुद्दा आफ्नो पार्टीले पनि उठाउँदै नौलो गणतन्त्रका आन्दोलन समेत घोषणा गरिसकेकाले जेनजी सङ्घ गठन गर्न लागिएको उनले बताए ।
जनमत पार्टीले जेनजीका मुद्दालाई समेट्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख र मुख्यमन्त्री, निर्वाचनमा ‘राइट टू रिजेक्ट’, ‘राइट टू रिकल’ को व्यवस्था, विदेशमा रहेका नेपालीबाट मतदान, ३० हजार जेनजी युवालाई प्रदेश प्रहरीमा भर्ना, डिजिटल नेपाल, रोजगारीको व्यवस्था, जेनजीको अधिकार, स्वायत्त प्रदेश, सेवा प्रवाह र विकासमा प्रभावकारी काम लगायतका मुद्दालाई अघि सारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण