इलाममा मृत्यु भएका २३ जनाको सनाखत
काठमाडौँ । इलाममा अविरल वर्षासँगै आएको पहिरोमा परेर मृत्यु हुनेको सङ्ख्या ३७ पुगेको सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जनाएको छ । इलाममा पहिरोमा परेर इलाम नगरपालिका, सूर्योदय नगरपालिकास्थित मानेभञ्ज्याङ, देउमाई नगरपालिका, माङसेबुङ र फाकफोकथुम गाउँपालिकामा मानवीय क्षति भएको छ ।
पहिरोमा परेर मृत्यु भएकामध्ये २३ जनाको सनाखत भएको छ । कोशी प्रदेशका विभिन्न जिल्लामा अविरल वर्षासँगै आएको पहिरोका कारण प्रभावित भएका ५३५ जनालाई उद्धार गरिएको कोशी प्रदेश प्रहरी कार्यालयका एसएसपी दीपक पोखरेलले जानकारी दिए । एसएसपी पोखरेलका अनुसार इलाम, खोटाङ, पाँचथर, भोजपुर, मोरङ र झापा लगायतका जिल्लामा प्रभावितहरूको उद्धार गरिएको छ ।
सनाखत भएका मृतकहरूको विवरण :
१. रोशन लिम्बु, २२ वर्ष (देउमाई नगरपालिका–५)
२. बेबिसा राई , २२ वर्ष (देउमाई नगरपालिका–५)
३. कृष्णमाया लिम्बु, ५७ वर्ष (माङसेबुङ गाउँपालिका–१)
४. माया लिम्बु, ५० वर्ष (माङसेबुङ गाउँपालिका–१)
५. नेहा राई, १७ वर्ष (पाँचथर मिम्लाजुङ घर, माङसेवुङमा मृत्यु)
६. मनमाया क्षेत्री, ६५ वर्ष (सुर्योदयन गरपालिका–१ मानेभञ्ज्याङ)
७. रस्मिका क्षेत्री, १० वर्ष (मानेभञ्ज्याङ)
८. दीप बस्नेत, ४५ वर्ष (दोलखा घर, मानेभञ्ज्याङमा मृत्यु)
९. भवानी बस्नेत, २२ वर्ष (दोलखा घर, मानेभञ्ज्याङमा मृत्यु)
१०. दिव्या बस्नेत, १२ वर्ष (दोलखा घर, मानेभञ्ज्याङमा मृत्यु)
११. सुरेश लिम्बु, २८ वर्ष (फाकफोकथुम गाउँपालिका–३)
१२. दीपक लिम्बु, ३० वर्ष (देउमाई नगरपालिका–५)
१३. ऋषिका लिम्बु, २७ वर्ष (देउमाई नगरपालिका–५)
१४. दिपिस्का लिम्बु, १० वर्ष ( देउमाई नगरपालिका–५)
१५. सौजन लिम्बु, ९ वर्ष (पाँचथर घर, देउमाई नपा–५ मा मृत्यु)
१६. सौगात लिम्बु, ११ वर्ष (पाँचथर घर, देउमाई नपा–५ मा मृत्यु)
१७. समीर देउजाली, २२ वर्ष (इलाम नगरपालिका–५ घोष, वडा नम्बर–६ मा मृत्यु)
१८. प्रवीण तामाङ, २३ वर्ष (इलाम नपा–७ घर, घोष गाउँमा मृत्यु)
१९. बिराज पाख्रिन तामाङ, २३ वर्ष (इलाम नपा–८ घर, घोष गाउँमा मृत्यु)
२०. अनु तामाङ, ३२ वर्ष (झापा अर्जुनधारा घर, घोष गाउँमा मृत्यु)
२१. प्रिन्सिका मगर, ८ वर्ष (माई नगरपालिका–५ घर, घोष गाउँमा मृत्यु)
२२. आवास दनुवार, ३ वर्ष (झापा अर्जुनधारा घर, घोष गाउँमा मृत्यु)
२३. कृष्ण मगर, २८ वर्ष (देउमाई नगरपालिका–३ लक्ष्मी बोटे)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण