प्रकोपको जोखिम टरेको छैन, सतर्कता अपनाउनु अनिवार्य छ : झलनाथ खनाल
आइतबार, १९ असोज २०८२, १५ : ११
सारांश
- झलनाथ खनालले प्राकृतिक प्रकोपको जोखिम कायमै रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरे।
- उनले राजनीतिक दल, प्रशासन, सरकार र नागरिक समाजलाई जनताको सेवामा युद्धस्तरमा लाग्न आह्वान गरे।
- खनालले मृतकका परिवारलाई राहत, बाढीपहिरो पीडितको उद्धार र जनजीवन सामान्य बनाउन सरकारसँग माग गरे।
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अझै पनि प्राकृतिक प्रकोपको जोखिम टरेको टरिनसकेको भन्दै उच्च सतर्कता र सावधानी अपनाउनु अनिवार्य रहेको बताएका छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका खनालले आइतबार सामाजिक सञ्जालमा भनेका छन्, ‘यस्तो अवस्थामा जनता र राष्ट्रप्रति संवेदनशील रहेका सबै राजनीतिक पार्टीहरू, जङ्गी र निजामती प्रशासन, सबै तहका सरकारहरू र विशेष गरेर स्थानीय सरकारहरू, नागरिक समाज र सम्पूर्ण पक्षलाई जनता र राष्ट्रले भोगिरहेको यो आपत् र विपतको बेलामा युद्ध स्तरमा जनताको सेवामा उत्रिन आह्वान गर्दछु ।’
साथै उनले मृतकका परिवारलाई आवश्यक राहत दिन, बाढी र पहिरो पीडितहरूलाई उद्धार गर्न, आवश्यक ठाउँमा अविलम्ब राहत सुविधाहरू पुर्याउन, औषधि उपचारको प्रबन्ध गर्न र जन जीवनलाई सामान्य अवस्थामा फर्काउन म सरकारसँग माग गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण