विपत्देखि जोगिने अल्पकालीन र दीर्घकालीन उपाय
विपत्का कारण तीन दिन यातायात बन्द गर्ने निर्णय भयो । हालको अवस्थामा यो नै उत्तम विकल्प हो ।
यहाँ मैले विपत्देखि बच्ने अल्पकालीन र दीर्घकालीन उपाय प्रस्तुत गरेको छु ।
- अल्पकालीन उपाय
१) सरकारले असोज २० सम्म यात्रा नगर्नु भनेर सूचना जारी गरी बिदा समेत दिएको अवस्थामा यात्रा नगरौँ ।
२) खोलाको किनारमा बस्नुहुन्छ भने केही दिनका लागि अन्यत्र सर्नुहोला ।
३) खोला नजिकै नजानुहोला, खोलामा नपस्नुहोला ।
४) सरकारले अब मौसम ठिक हुन्छ, यात्रा गर्नुस् भनेपछि मात्र यात्रा गर्नुहोला ।
५) सरकारी सूचनालाई गम्भीर रूपमा पालना गर्ने ।
६) खोलानालामा पानी कम भएपछि मात्र खोलाको किनारमा भएको घरमा बस्न सुरु गर्ने ।
७) सबैले जरुरी भएकालाई सहयोग गरौँ ।
८) सुरक्षाकर्मीको सहयोग लिऔँ ।
- दीर्घकालीन उपाय
१) आगामी दिनमा हामीले पहिरो र बाढीको अध्ययन गरी सोको मध्यनजर गरी पूर्वाधार निर्माण गरौँ ।
२) खोलानालालाई अधिग्रहण गरी घडेरी निकाल्ने काम बन्द गरौँ ।
३) खोला र नालाहरूलाई निर्बाध रूपमा बग्न दिउँ ।
४) खोला र नालालाई दुईतिर पर्खाल लगाएर नियन्त्रण गर्ने काम बन्द गरौँ ।
५) वैज्ञानिक अध्ययन गरी खोलाको किनारामा कति मिटर छाड्ने निक्र्योल गरौँ र लागु गरौँ ।
६) संरचना निर्माण गर्दा प्रकृतिलाई कम क्षति हुने गरी डिजाइन गरी निर्माण गरौँ ।
७) प्रकृतिको जति विनाश गर्छौं, त्यति नै प्रकृतिले मानवलाई हानि गर्छ ।
८) सडक वा अन्य पूर्वाधार निर्माण गर्दा पहाड वा जमिन धेरै नकाटौँ ।
९) भूगर्भीय जोखिम पहिचान गरी सोको उचित व्यवस्थापन गरौँ ।
१०) सडक निर्माण भनेर कालोपत्रे मात्र नसोचौँ !
११) वर्षा हुँदा पनि धान्ने पूर्वाधार निर्माण हुनुपर्छ । बन्द नै सधैँ विकल्प हो भन्ने नसोचौँ । सडकको सञ्जाल बढाउने होइन, अब भएका सडकलाई स्तरीय बनाउन लगानी गरौँ ।
१२) सडक निर्माण भनेर कालोपत्रे मात्र नसोचौँ, पहिरो रोक्ने संरचनामा पनि लगानी गरौँ ।
१३) यातायात सुधार भनेको सडक कालोपत्रे मात्र होइन भन्ने बुझौँ ।
१४) सार्वजनिक पूर्वाधार बनाउँदा अनिवार्य भूगर्भीय जोखिम पहिचान गरी सोको उचित व्यवस्थापन गरौँ ।
(गजुरेल यातायातविज्ञ हुन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण