अपडेट
ललितपुरमा पनि सोमबारको बिदा खारेज, सरकारी कार्यालय खुल्ने
आइतबार, १९ असोज २०८२, २३ : ०१
सारांश
- लगातारको वर्षाका कारण दिइएको सार्वजनिक बिदा खारेज गर्दै ललितपुर प्रशासनले सोमबारदेखि सरकारी कार्यालय सञ्चालन गर्न निर्देशन दिएको छ।
- गृह मन्त्रालयको निर्देशनपछि ललितपुर प्रशासनले सेवा सुचारु गर्ने निर्णय गरेको हो, जसमा विपद् जोखिममा संलग्न नरहेका जिल्लाहरु पर्छन्।
- काठमाडौँ जिल्ला प्रशासन कार्यालयले पनि सोमबारको सार्वजनिक बिदा खारेज गर्दै सरकारी कार्यालय सञ्चालन गर्न निर्देशन दिएको छ।
ललितपुर। लगातारको वर्षाका कारण दुई दिनका लागि दिइएको सार्वजनिक बिदा खारेज गर्दै ललितपुर जिल्ला प्रशासन कार्यालयले सोमबारदेखि सरकारी कार्यालयहरू सञ्चालन गर्न निर्देशन दिएको छ।
यसअघि सरकारले २० गतेसम्म बिदा दिने निर्णय गरेको थियो। तर आजै गृह मन्त्रालयले विपद् जोखिम तथा प्रतिकार्य कार्यमा प्रत्यक्ष रूपमा संलग्न नरहेका जिल्लाहरूलाई सार्वजनिक सेवा नियमित रूपमा सञ्चालन गर्न निर्देशन दिएपछि ललितपुर प्रशासनले पनि सोही अनुसार सेवा सुचारु गर्ने निर्णय गरेको हो।
यता काठमाडौँ जिल्ला प्रशासन कार्यालयले पनि आइतबार सूचना जारी गर्दै सोमबारको सार्वजनिक बिदा खारेज गरेको छ। सूचनामा सबै सरकारी कार्यालय, संस्थान तथा स्थानीय तहहरू सोमबारदेखि नियमित रूपमा सञ्चालन गर्न निर्देशन दिइएको उल्लेख छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण