काठमाडौँमा भोलिको बिदा खारेज, प्रशासनले निकाल्यो सूचना
सारांश
- काठमाडौँ प्रशासनले सोमबारका लागि दिइएको बिदा खारेज गर्दै सरकारी कार्यालय खोल्न निर्देशन दिएको छ।
- लगातारको वर्षाका कारण सडक अवरुद्ध भएपछि १९ र २० गते बिदा दिइएको थियो, तर मौसममा सुधार आएपछि निर्णय परिवर्तन भएको हो।
- गृह मन्त्रालयको निर्देशनपछि काठमाडौँका सरकारी कार्यालयहरू भोलिदेखि नियमित रूपमा सञ्चालन हुनेछन्।
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले सोमबारका लागि दिइएको बिदा खारेज गर्दै सबै सरकारी कार्यालय, संस्थान र स्थानीय तहहरू सञ्चालन गर्न निर्देशन दिएको छ ।
विगत दुई दिनदेखिको लगातारको वर्षाका कारण काठमाडौँ प्रवेश मार्गहरू अवरुद्ध भई उद्धार तथा राहतमा ध्यान केन्द्रित गर्न असोज १९ र २० गते दुई दिन सार्वजनिक बिदा घोषणा गरिएको थियो। तर, मौसममा सुधार आएपछि प्रशासनले भोलि (सोमबार) बिहान १० बजेबाट कार्यालय खुला हुने जनाएको छ।
प्रशासनले आइतबार राति जारी गरेको सूचनामा भनिएको छ, ‘मौसममा सुधार भएको र जोखिमको अवस्था टरीसकेको हुँदा मिति २०८२/०६/ २० गते सोमबारका दिन बिहान १० बजे देखि कार्यालय समयसम्म काठमाडौँ जिल्लाका सबै प्रकारका सरकारी कार्यालयहरू, संस्थानहरू र स्थानीय तहहरूबाट सेवा प्रवाह हुने गरी कार्यालय खुला राख्न तथा तदनुरूप कर्मचारीहरूको उपस्थितिको व्यवस्था मिलाउन अनुरोध छ।’
यसअघि सरकारले २० गतेसम्म बिदा दिने निर्णय गरेको थियो । तर आजै गृह मन्त्रालयले विपद् जोखिम र प्रतिकार्य कार्यमा प्रत्यक्ष रूपमा संलग्न नरहेका जिल्लाहरुलाई सार्वजनिक सेवा नियमित रूपमा सञ्चालन गर्न निर्देशन दिएसँगै यो नयाँ निर्णय भएको हो ।
यससँगै काठमाडौँका सरकारी कार्यालयहरू भोलिदेखि नियमित रूपमा सञ्चालन हुने भएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण